जीवन काँडा कि फूललाई २०२२ को बेष्ट नेशनल फिचर फिल्ममा स्थान प्राप्त

IMG-20220908-WA0009.jpg

आगमी ८, ९ र १० दिसम्बरमा चौथो नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेष्टिबल काठमाडौंमा आयोजना हुने

मिरिक। साहित्यकार झमक कुमारी घिमिरेको वायोपिक फिल्म जीवन काँडा कि फूलले अहिले भारतमा पनि अपार सफलता हासिल गरिरहेको छ। नेपालमा अपार सफलता पछि, बितेको २ सितम्बर देखि चलचित्र भारतमा प्रदर्शन भइरहेको छ। अहिले भारतको सिलगढी, दार्जिलिङ पहाड तराई डुवर्स आदि ठाउँहरुमा चलिरहेको छ। मदन पुरस्कार बिजेता झमक घिमिरेको बहुचर्चित उपन्यास जीवन काँडा कि फूलमा झमकको बाल अवस्था र युवा अवस्थाको संघर्षको चित्रण गरिएको छ। जीवन काँडा की फूललाई यस् वर्षको उत्कृष्ट राष्ट्रिय फिचर फ्लिममा छनौट भएको छ।संस्कृति तथा चलचित्र केन्द्रको चौथो संस्करण नेपाल संस्कृति तथा अन्तरास्ट्रिय चलचित्र महोत्सवमा यहि आउदो ८, ९ अनि १० दिसम्बरमा रकाठमाडौंमा प्रदर्शन हुन गइरहेको छ। संस्कृति तथा चलचित्र केन्द्रप्रति हार्दिक बधाई दिन चाहान्छौ चलचित्रका निर्माता निर्देशक बिनोद बिष्टले बताएका छन्।

चलचित्र दुई सितम्बर देखि भारतको सिक्किम, दार्जिलिङ, सिलगढी, कालेबुङ, मिरिक खरसाङ लगायतका ठाउँहरुमा प्रदर्शन भइरहेको छ भनी बताएका छन्। वर्ष २०१९ मा नै निमार्ण गरिएको सो चलचित्र बितेका वर्षहरुमा कोरोनाको कहरले गर्दा प्रदर्शन रोकिएको थियोे भने अहिले धमाधम चलिरहेको छ। जीउँदो मानिसको जीवनीमाथि बनिएको यो सम्भवत पहिलो चलचित्र रहेको बताएका छन्। फिल्ममा झमकको सानो हुदाको अभिनय गाडीधुराकी अवस्था थापाले गरेकी छिन्। त्यस समयमा अवस्था थापा सात वर्षकि थिइन्। ठूलो हुदाको झमकको रोलमा काठमाडौंकि रोजिता बुद्धचार्यको रहेका छन्। चलचित्रमा आमाको भुमिकामा उमाले अभिनय गरेकी छिन् भने बुबाको किसन सुनारले गरेका छन्। यस्तैमा हजुर आमाको भुमिकामा चर्चित सिनेकर्मी मेनुका प्रधानले निभाएकी छिन्। चलचित्रमा तीस भन्दा बढीले अभिनय गरेका छन् भने यसको छायांकन झमकको गृहजिल्ला धनकुटा अनि झमकको नयाँ र पुरानो घरमा चलचित्रको छायांकन गरिएको छ। निर्माता निर्देशक विनोद विष्टले बताए अनुसार चलचित्र विदेशमा प्रदर्शन भइसकेको बताउदै नेपाली मन नेपाली मन भनेको आफ्नै हुदो रहेछ। नेपाली चलचित्र निर्माण गरेर नेपाल नपसे सम्म यसको सफलता नहुदो रहेछ भन्ने तितो अनुभव पनि छ भनी बताएका छन्। चलचित्र अाफैमा एउटा भएको छ दर्षकले एक पल्ट हेरेपछि मुल्यांकन हुनेछ भनी बताएका छन्।

हिजाे मिरिकमा पत्रकारहरुलाई सम्बोधन गर्दै चलचित्रमा पटकथा लेखन मुक्ति उपाध्यायले यो झमकले लेखेकी उपन्यासलाई पृष्ठभूमि बनाएर पटकथा तयार पारेको बताएका छन्। साथै यस् चलचित्रमा अाफ्नो कर्णप्रिय अावज दिएकी गायिका जुनु गौतमले पनि अाफ्नो अनुभव साटासाट गर्दै अाफुले धेरै वटा गीत गाएपनि यो चलचित्रमा दुईवटा गीतमा स्वर दिएकी छु साच्चै मन छोएको छ भन्दै चलचित्र सफलताको शिखरमा पुग्न सक्छ कलाकारलाई संगीतकारलाई प्रेरणा भनेको दर्षक र स्रोताको माया हो भनिन्।झमकको युवा अवस्थाको अभिनय गरिकी अवस्था थापा, सिनेकर्मी मेनुका प्रधान, अवस्था थापाकी अामाले पनि अाफ्नो अनुभव साटासाट गर्दै चलचित्र हेरिदिने अनुरोध गरेका छन्।

दुई घण्टा पाँच मिनेटको समय अवधि रहेको चलचित्रमा निर्देशक निर्माता विनोद विष्ट कार्यकारी निर्माता बद्री चौहान, उमानन्द सुवेदी, जुनु गौतम, मुक्ति उपाध्धाय बराल, संगीत जीवन प्रकाश शिवाकोटी छायांकन शिव ढकाल नृत्य निर्देशक कमल राई प्रोडोक्सन डिजाइनर दिनेश प्रकाश महरा प्रोडोक्सन म्यानेजरमा प्रकाश हमाल सम्पादक तारा घिमिरे किम्बेको रहेको छ भनी निर्माता निर्देशक विनोद विष्टले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement