सर्वाधिक स्कोररको रूपमा रचिन रविन्द्र बने गोल्डन ब्याटको हकदार

IMG-20250309-WA0289

दुबई: न्यूजील्याण्डले फाइनलमा हारको सामना गर्नु परे पनि फर्ममा रहने ब्याटर रचिन रविन्द्रले आईसीसी च्याम्पियन्स ट्रफी २०२५-मा सर्वाधिक रन बनाउने खेलाड़ीको रूपमा गोल्डन ब्याट हासिल गरे। रचिनले फाइनल अघि तीनवटा म्याचमा २२६ रन बनाएका थिए अनि भारतविरुद्ध फाइनलमा उनलाई ईंग्ल्याण्डका बेन डकेटलाई शीर्ष स्थानबाट हटाउन केवल एक रनको आवश्यकता थियो। ईंग्ल्याण्डका ओपनिंग ब्याटरले तीनवटा म्याचमा २२७ रन बनाएका थिए, जसमा १६५ रनको सर्वोच्च स्कोर पनि सामेल छ। दुर्भाग्यले ईंग्ल्याण्ड ग्रुप चरणमै बाहिर हुँदा उनले टुर्नामेण्टमा आफ्नो असाधारण प्रदर्शनलाई जारी राख्न सकेनन् । रचिनले आइतवार खेलिएको फाइनलमा २९ बलमा चारवटा चौका र एउटा छक्काको साथ ३७ रन बनाए तर ११औं ओभरमा कुलदीप यादवले उनलाई आउट गरे। यसरी रचिनले आफ्नो अभियान २६३ रनको साथ गरे, जुन भारतका विराट कोहलीभन्दा ४२ रन अधिक हो। कोहलीसँग पनि गोल्डन ब्याट जित्ने मौका थियो तर फाइनलमा उनी केवल एक रन बनाएर आउट भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement