गान्तोक: बर्फुङ जारोङ ग्राम पञ्चायत एकाईअन्तर्गत लोवर जारोङ निवासी एसकेएम युवा कार्यकर्ता पर्शु वालिङको नेतृत्वमा गएको वार्डस्तरीय टोलीले सिक्किम सरकारका आवाज तथा भवन बिभागको सल्लाहकार तथा क्षेत्र विधायक रिक्सल दोर्जी भोटियासंग बैठक गऱ्यो। टोलीले विधायक भोटिया समक्ष एसकेएम पार्टी कार्यकर्ताहरुद्वारा सञ्चालित गतिविधिहरुबारे जानकारी गराए। जारोङ वार्डमा भइरहेको विभिन्न कार्यहरुबारे जानकारी गराउँदै आउँदो दिनमा जारोङ वार्डमा गर्नुपर्ने कार्यहरुबारे जानकारी गराएको थियो। वालिङले जारोङ वार्डको एसकेएम कार्यकर्ताहरुले पार्टीको बिभिन्न कार्यक्रमहरुमा सक्रिय रुपमा सेवा गरिरहेको जानकारी गराउँदै युवा कार्यकर्ताहरुलाई सरकारको पक्षबाट सहयोगको अनुरोध पनि गरे। क्षेत्र विधायक भोटियाले मुख्यमंत्री प्रेमसिंह तामाङको नेतृत्वमा सरकारले सिक्किमे जनतालाई न्याय दिने काम गरिरहेको जानकारी गराए। सरकारले ग्रामीण क्षेत्रदेखि जनताको काम गरिरहेको बताउँदै पार्टीमा खट्ने युवा कार्यकर्ताहरुको लागि पनि न्या दिने वचन दिए।