गेजिङ: गेजिङ जिल्लाअन्तर्गत लुङ्जिकमा बर-पिपल चोकको उद्घाटन गरियो। पर्यावरण संरक्षणप्रति एक प्रेरणादायक पहलको रुपमा रहेको मानिएको छ। स्व. लोकनाथ दाहाल र स्व. दुर्गामाया शर्माको स्मरणमा उक्त चोक स्थापित गरिएको हो। दुर्गामाया शर्माले १५ अगस्त २०२० को दिन बर- पिपल रोपेर हरियाली अभियान शुरु गरेकी थिइन्। तीन वर्षपछि धार्मिक र पर्यावरणीय महत्व जोड्ने उद्देश्यले बर-पिपल विवाह सम्पन्न गरिएको थियो। उनको निधनपछि परिवारले आमाको उक्त अभियानलाई निरन्तरता दिँदै ‘बर-पिपल चोक’ को निर्माण गरेको हो। चोकलाई अझ सुन्दर र व्यवस्थित बनाउने क्रममा हरियाली संरक्षणका लागि चोकको स्थापना गरिएको हो। स्थानीय समाजले यस प्रयासलाई पर्यारणीय संरक्षण तथा संस्कृतिकै प्रतिकको रूपमा लिँदै यसलाई संरक्षण गर्ने निर्ण य गरेको छ।