गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टी विध्यार्थी प्रकोष्ठको तत्वावधानमा विध्यार्थी प्रतिनिधि परिषदका सदस्यहरूसित भेटघाट कार्यक्रम राजधानी गान्तोकमा सम्पन्न भयो। कार्यक्रममा सिक्किम सरकारको ग्राम प्रबन्धन एवं विकास विभागका मन्त्री अरूण उप्रेती मुख्य अतिथिको रूपमा उपस्थित थिए। समाज कल्याण विभागीय मन्त्री साम्डुप लेप्चा, सोरेङ च्याखुङका विधायक तथा एसेकएम विध्यार्थी प्रकोष्ठका उपाध्याक्ष प्रभारी आदित्य गोले, एसकेएम युवा प्रकोष्ठका अध्यक्ष लाक्पा मोक्तान, मुख्यमन्त्रीका पीआरओ रत्नमणि प्रधान, विध्यार्थी प्रकोष्ठका अध्यक्ष छिरिङ वाङचुक लेप्चालगायत अन्य पदाधिकारीहरुको उपस्थिति थियो। यसबीच विभिन्न महाविध्यालय एवं श्रेडाका विध्यार्थी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। जसमा श्रेडा महाविध्यालय, सुसा विश्वविध्यालय, देन्ताम भोकेशनल कलेज, नाम्ची कलेज, नरबहादुर भण्डारी डिग्री कलेज, बुर्तुक महाविध्यालय, कानुन महाविध्यालय, रिनाक महाविध्यालय, सञ्चमान लिम्बू महाविध्यालय गेजिङ, विज्ञान महाविद्यालय च्याखुङ, एसआईएसटी महाविध्यालय, माङसिला महाविध्यालय र संस्कृत महाविध्यालय गरी १३ वटा महाविध्यालयका विध्यार्थी प्रतिनिधिहरू उपस्थित थिए। मुख्य अतिथि मन्त्री उप्रेतीले सबै विध्यार्थी प्रतिनिधिहरूलाई खदा लगाएर स्वागत जनाएका थिए। उनले विध्यार्थीहरूको पहिलो कार्य अध्ध्यन रहेको बताउँदै अध्ध्यनलाई प्राथमिकता दिने आवहान गरे। मन्त्री उप्रेतीले विध्यार्थी प्रतिनिधिहरूले राखेका समस्या एवं गुनासोहरूको निवारण सरकारले गर्ने वचन दिए। शिक्षा र विद्यार्थीको विकासमा सरकारले हरसम्भव सबै कार्य गर्दै आएको उल्लेख गर्दै सधैँ संगठित भएर अघि बढ्ने प्रेरित गरे। विशिष्ट अतिथि मन्त्री साम्डुप लेप्चाले एसकेएम सरकारले शिक्षालाई उच्च प्राथमिकता दिएर विध्यार्थीमुखी योजनाहरू तयार पारेको र ती योजनाहरूबाट धेरै गरीब परिवारका विध्यार्थीहरू लाभान्वित बनेको अवगत गराए। यसका साथै शिक्षाको क्षेत्रमा धेरै पुर्वाधारहरू निर्माण भएको पनि मन्त्री लेप्चाले आफ्नो सम्बोधनमा उल्लेख गरे। मन्त्री लेप्चाले विध्यार्थी प्रतिनिधिहरूद्वारा राखिएका विविध मागहरूलाई सम्बोधन गर्दै ती मागहरूलाई लिएर सरकारले अवश्यै पहल गर्ने आश्वासन दिए। आफ्नो सम्बोधनमा विधायक आदित्य गोलेले एसकेएम विध्यार्थी प्रकोष्ठद्वारा गरिएका विभिन्न कार्यमाथि प्रकास पारे। आफ्ना शैक्षिक संस्थानको समस्याहरू यसरी खुल्ला रूपले प्रस्तुत गरिदिएकोमा विध्यार्थी प्रतिनिधिहरूको प्रशंसा गर्दै विध्यार्थी प्रतिनिधिहरूको समस्याहरू समाधान हुने आश्वासन दिए। आफ्नो सम्बोधनमा मुख्यमन्त्रीका पीआरओ रत्नमणि प्रधानले एसकेएम सरकारको गठनपछि मुख्यमन्त्री सहायता योजनामार्फत गरीब वर्गका विध्यार्थीहरूलाई सरकारले निरन्तर सहयोग प्रदान गर्दै आएको उल्लेख गर्दै सरकारको विविध विध्यार्थीमुखी योजनाहरूबारे अवगत गराए। सरकारको यी योजनाहरूबाट आज धेरै विध्यार्थीहरू लाभान्वित बनेको पीआरओ प्रधानले बताए। नरबहादुर भण्डारी र अपतन फेलोसिप योजनाहरूबारे पनि उनले संक्षिप्तमा प्रकाश पारे। कार्यक्रमको शुरूमा स्वागत सम्बोधन राख्दै महासचिव रिवाज छेत्रीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए। अध्यक्ष छिरिङ वाङचुक लेप्चाले एसकेएम विध्यार्थी प्रकोष्ठको उपलब्धि र गतिविधिहरूमाथि जानकारी गराउँदै महाविध्यालयहरूमा रहेका समस्याहरू समाधान गरिने उल्लेख गरे। यसैगरी मार्गदर्शन र अनुसन्धान अभिमुखीकरण सम्बन्धी छलफलमा भाग लिंदै विध्यार्थी प्रकोष्ठका संयोजक डा. नीरज अधिकारीले आफ्नो पक्ष राखेका थिए। वक्ताहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल नेतृत्वमा सिक्किमे विध्यार्थीहरूको कल्याणमा भएका विविध विध्यार्थीमुखी कार्यक्रम र योजनाहरूबारे अवगत गराएका थिए। सोही प्रकारले उप संयोजक दावा नामगेल भोटिया एवं भारत सरकारको युवा मामिला मन्त्रालय सिक्किम संयोजक अनामिका गुरूङले आफ्नो विचार राखेका थिए।