पत्थरझोडा चियाबारीमा आदिबासी गोर्खा संयुक्त समितिको श्रमिक संगठनकोपूर्ण गठन

Chhetriya-Samachar

पत्थरझोडा: आज पत्थरझोडा चियाबारीमा आदिबासी गोर्खा संयुक्त समिति (आगोसस) को श्रमिक संगठन पत्थरझोडा शाखाको एउटा महत्वपूर्ण सभा शिरबारी फुटबल मैदानमा सम्पन्न भयो। यस सभामा आगोससका केन्द्रीय अध्यक्ष एवं ट्रेड युनियनका केन्द्रीय महासचिव सघन मोक्तान बिशेष रुपमा उपस्थित थिए।
सो सभामा आगोससको ट्रेड युनियनको बर्ष भरिको कार्यहरुको बिचार बिमर्श गरिईको थियो। जसमा पत्थरझोडा शाखाको युनियनको लेखाजोखा गरिनको साथै बगान प्रबन्धनलाई एक बर्षेमा दिइने मांग पत्रको तैयारी पनि गरेको छ।यसै क्रममा आज कै दिन पुराना आगोसस पत्थरझोडालाई बिघठन गर्दै आगोसस पत्थरझोडा नयाँ शाखाको पुनर्गठन गरियो। आजको यस आगोसस पत्थरझोडा शाखाको निर्वाचित अध्यक्ष सत्या तामाङ, उपाध्यक्ष श्रीमती नमिता राई, महासचिव दिपेन छेत्री, सह सचिव श्रीमती सुशिला दर्जी, कोषाध्यक्ष प्रबिन तामाङ छन्। त्यसै गरि सदस्यहरुमा मिरा प्रधान, अञ्जु प्रधान, अनिता बराईली,चंद्रिका छेत्री, लालमाया तामाङ, शान्ति तामाङ, सुशीला दर्जी, बसन्ती कामी,, प्रमिला गुरुङ, तुलसी तामाङ, सृष्टि गुरुङ, मनोज प्रधान, कृष्ण बराईली, भुपेन प्रधान, मन्जित बराईली, शमशेर मिजार चयन भइका छन्।
आजको यस सभा आगोसस ट्रेड युनियनको पत्थरझोडा शाखाको सल्लाहकार कृष्ण बराईलीको सभापतित्वमा सम्पन्न भएको थियो। आजको सभामा प्रदिप कुमार मोक्तान, कुशल प्रधान, सिमा राई माझी, अनुराधा शर्मा, अमृता राई, दिब्या छेत्री, गणेश राई, अमृत गुरुङ, कृष्ण बराईली, मनोज प्रधान, मन्जित बराईली, भुपेन प्रधान उपस्थित थिए।
आजको यस सभामा पत्थरझोडा चियाबारी बनिएको हेल्थ सेन्टरमामा स्थानीय बासिन्दाहरूले सरकारी काम पाउनु पर्छ भनेर आगोससको अध्यक्ष सघन मोक्तानले जोड दिए। भोकल फर लोकल भन्दै यस क्षेत्रका बासिन्दाहरूलाई काम नदिए आन्दोलन गर्ने अल्टीमेटम दिएका छन्। उनले यस अस्पतालमा डाक्टर बाहेक अरु कुनै कर्मचारी बाहिरबाट नियुक्त गरे, खेदिने चेतावनी दिए। कसैले पनि कमिसनको चक्करमा धाँधली गरे सवैको भेद खोल्ने र कानुनी कार्वाही गर्ने चेतावनी दिए। यो अस्पताल आगोससले ९ डिसेम्बर २०२१ मा जलपाईगुडी जिल्ला शाषकलाई चडाएका मांग पत्रमा जम्मा सात वटा चियाबारीमा सात वटै अस्पताल निर्माण गर्ने क्रममा बाग्राकोट र पत्थरझोडा निर्माण गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement