घना जङ्गलमा पुरानो चलन अनुसार महाकाल पूजा

IMG-20250309-WA0181

पूजाबाट गजराज शान्त हुने जनविश्वास

जलपाईगुडी: गोरुमारा राष्ट्रिय निकुञ्जसँगै लाटागुरी चाल्सा वनमार्गको बीचमा रहेको महाकाल धाममा आइतबार भीड लागेको थियो।
महाकाल बाबाको पूजा गर्नाले जंगलका हात्ती शान्त हुने विश्वास नजिकका गाउँका मानिसहरुको छ।
आजको यो विशेष पूजामा लाटागुरी ग्राम पञ्चायतका प्रमुख कृष्ण राय बर्मनलगायत गाउँलेहरू सहभागी भएका थिए।
यस सन्दर्भमा कृष्ण रोय बर्मनले भने, “म बाल्यकालदेखि नै यस पूजामा सहभागी हुँदै आएको छु। आज हामी हाम्रा युवा र जेष्ट पुस्तासँगै पूजा गर्न र प्रसाद वितरण गर्न आएका हौँ।”


पुजाका आयोजक लाटागुडी निवासी रवीन्द्रनाथ रोयले भने, “हाम्रा परिवारका सदस्यले वर्षौंदेखि गर्दै आएका महाकाल बाबाको आज पूजा गरेका थियौँ, यस ठाउँमा भेला हुन वन विभागले प्रतिबन्ध लगाए पनि हामी पुरानो चलनलाई पालना गरेर पूजा सम्पन्न गरेर, प्रसाद बाँड्ने, ठाउँ सफा गर्ने र बाहिर निस्कने गर्छौँ।”


जङ्गलभित्र रहेको यस महाकाल धामका पुजारी उपेन अधिकारीले भने, ‘४० वर्षभन्दा बढी समयदेखि यो पूजा हुँदै आएको र आज यो पूजा सम्पन्न भएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement