खरसाङमा तृणमूलको दार्जीलिङ जिल्ला अल्पसंख्यक प्रकोष्ठको सभा सम्पन्न

IMG-20250309-WA0221

खरसाङ: दार्जीलिङ जिल्ला अल्पसंख्यक प्रकोष्ठका उपाध्यक्ष सराफत अलि तथा खरसाङ हिल्स अल्पसंख्यक प्रकोष्ठका उपाध्यक्ष अस्फाक हुसेनको आयोजनामा खरसाङको गोर्खा जन पुस्तकालयमा एक महत्वपूर्ण बैठक सम्पन्न भयो। यस बैठकमा थुप्रै व्यक्तिहरूको उपस्थिति रहेको थियो। बैठकमा विधवा आवास योजनाहरू, पानी परियोजना लगायतका महत्वपूर्ण विषयमा विस्तृत छलफल गरिएको जानकारी प्राप्त भएको छ। यस अवसरमा दार्जीलिङ जिल्ला अल्पसंख्यक प्रकोष्ठका अध्यक्ष लावन लेप्चा, उपाध्यक्ष सराफत अली, खरसाङका उपाध्यक्ष अस्फाक हुसेन र विशाल थापा, खरसाङका सचिव सलमान अली, दार्जीलिङका सचिव भास्कर तामाङ तथा सदस्य अख्तर हुसेनको विशेष उपस्थिति रहेको थियो। बैठकको सफल आयोजनाका लागि अध्यक्ष लावन लेप्चा र उपाध्यक्ष सराफत अलीले सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। सहभागीहरूले बैठकमा उठाइएका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement