खरसाङ: खरसाङको सिंगेल चियाबारीसम्म पुग्ने रोडको मरमत्ति कार्य तोकिएकोमा स्थानीयहरुले असन्तुष्ट जाहेर गरेपछि अब भोलिदेखि पुन: बाटोको मरमत्ति कार्य शुरु गरिने भएको छ। सिंगेल चिया बगानको बाटो निर्माणको कार्य बन्द भएको थियो भने अब उक्त बाटोको मरमत्ति कार्य भोलिदेखि शुरू गर्ने ठेकादार विशाल भुजेल अनि बिपन भुजेलले जानकारी गराएका छन्। यस विषयमा दुवैले पत्रकारहरुलाई सम्बोधन गर्दै अहिले घरि घट बन्द भएको कारणले गर्दा सर सामानहरुको आपूर्ति नभएर काम बन्द गर्न परेको बताएका छन्।अब विस्तारै सिंगेल जाने बाटोको निर्माण कार्य पु:न शुरू गर्ने र यसको लागि सबै ग्रामवासीहरु चिन्तित नभई बसिदिने सबैलाई आग्रह गरेका छन्। दुवैले यो बाटोको निर्माण कार्य सम्भवतः २-३ महिनामा पूरा गर्ने र यसको लागि सबैलाई धैर्य धारण गरेर बसिदिने अनुरोध गरेका छन्।