सन्तमेरिज २ ग्राम पञ्चायतद्वारा स्वच्छता अभियानमाथि जागरुकता कार्यक्रम सम्पन्न

IMG-20250309-WA0217

सोनादा: खरसाङ खण्ड अन्तर्गत सन्तमेरिज २ ग्राम पञ्चायत कार्यालयद्वारा स्वच्छतामाथि दुई दिवसीय जागरुकता कार्यक्रम सम्पन्न गरियो। सन्तमेरिज २ ग्राम पञ्चायतका प्रधान सहदेव तामङको अगुवाईमा सम्पन्न उक्त दुइ दिवसीय कार्यक्रममा स्थानीय स्वनिर्भर समूह, भीबीडीसी, सन्तमेरिज २ ग्राम पञ्चायतका उप-प्रधान प्रशंसा लेप्चा, पञ्चायत सदस्य-सदस्यागण, पञ्चायत समितिका सदस्य-सदस्यागण, पञ्चायत कार्यालयका कर्मचारीवृन्द लगायत स्थानीय वासिन्दाहरुको सहभागिता रहेको थियो। उक्त जागरुकता अभियानमा ग्राम पञ्चायत अन्तर्गत रहेका विभिन्न दोकान-पसलहरुमा प्लास्टिक पोलिथिनको दुरुप्रयोगद्वारा उत्पन्न हुने हानिकारक प्रभावबारे पनि पसल मालिकहरु साथै स्थानीय वासिन्दाहरुलाई जागरुक गराइयो। यति मात्र नभएर मौसम परिवर्तनको साथै विभिन्न किटानु-जीवाणुहरु सक्रिय रुपमा पाइने हुनाले विशेष खानपिनमा पनि सही निगरानी राखी स्वास्थ्यमा ध्यानदिने बारेपनि अवगत् गराइयो। आफ्नो गाउँ, ठाउँ, परिवेश स्वच्छ राखी सुन्दर बनाउँ भन्ने सन्देश रहेको उक्त जागरुकता कार्यक्रममा सहभागी बनिदिने सबै-सबैप्रति सन्तमेरिज २ ग्राम पञ्चायत कार्यलयका प्रधान सहदेव तामङद्वारा आभार प्रकट गरिएको छ भने अन्तर्राष्ट्रिय नारी दिवशको उपलक्ष्यमा सबै-सबै नारीहरुप्रति हार्दिक शुभेच्छा पनि प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement