सोनादा: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको खण्ड स्तरीय सांगठनिक सभा सोनादाको न्यु लाइट क्लबमा सम्पन्न भएको छ। उक्त सांगठनिक सभा भुपति सुब्बाको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभा पाँचवटा ग्राम पञ्चायतहरुका प्रतिनिधिहरुलाई लिएर सम्पन्न भएको छ। सभामा सभामा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टलाई सोनादा क्षेत्रमा कसरी अघि लानु पर्ने साथै सांगठनिक रुपमा अघि लानलाई चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। सभालाई सिध्दान्त थापाले सञ्चालन गरेका थिए। सभामा अमृत प्रधान, रमेश राई, सन्नी तामाङ, महेन्द्र राई, तेनछिरिङ तामाङ, संगीता छेत्री, अमीत राई लगायत सोनादा क्षेत्रका पाँचवटा ग्राम पञ्चायतहरुका प्रतिनिधिहरु उपस्थित रहेका थिए। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको सोनादा क्षेत्रका नेतृत्व संगीता छेत्रीले केही समय अघि ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको सभा सुके खण्ड स्तरीय भएको थियो अनि त्यसपछि प्रथमपटक सोनादा क्षेत्रमा सांगठनिक सभा सम्पन्न भएको जानकारी गराएका छन्। उनले यस सभामा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टलाई सोनादा क्षेत्रमा कसरी सक्रिय पारेर लाने साथै पार्टीकोे सांगठनिक गतिविधि विषयमा चर्चा परिचर्चा गरिएको जानकारी गराएका छन्।

उनले यस सभामा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको सोनादा क्षेत्रका पाँचवटा ग्राम पञ्चायतहरुका प्रतिनिधिहरु उपस्थित रहेको पनि बताएकी छन्।









