पूर्व सभासद साथै भारतीय गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय नेतृत्व प्रकाश गुरुङलाई पक्राउ

IMG-20250309-WA0168

दार्जिलिङ: रिम्बिक लोधोमा समष्टिकाे पूर्व सभासद साथै वर्तमानमा भारतीय गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय नेतृत्व प्रकाश गुरुङलाई पक्राउ गरिएको छ। उनलाई २०१७ को गोर्खाल्याण्ड आन्दोलनमा एएसआई अनिताभा मल्लिकको हत्या मामिलाको केशमा पक्राउ गरिएको पुलिस सूत्रबाट जानकारी प्राप्त भएको छ।दार्जिलिङ सदर पुलिस र लोधोमा पुलिस थानाको सहभागितामा प्रकाश गुरुङलाई पक्राउ गरिएको जानकारी प्राप्त भएको छ। २०१७ मा पहाडमा भएको गोर्खाल्याण्ड आन्दोलनको समयमा एएसआई अनिताभा मल्लिकको हत्याको केशमा पक्राउको वारेन्ट निस्किएको थियो‌ आज उनको बेल अस्वीकार गरिएको थियो।आज प्रकाश गुरुङलाई जिल्ला अदालतमा पेश गरिएपछि उनलाई १४ दिनको न्यायिक हिरासतमा राख्न चलान गरियो।आउँदो २१ मार्च उनलाई पुन: जिल्ला अदालत प्रस्तुत गरिने थाहा लागेको छ। यसको साथै यही केशमा अन्य ९ जनालाई पनि पक्राउ गरिएको तर कोलकोतस उच्च न्यायालयबाट बेल पाएको एपीपी पंकज प्रसादले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement