७ सेप्टेम्बरः फूटबल खेललाई जमीनी स्तरबाट उकास्ने प्रयासमा अघि आएको छ दार्जीलिङको सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल। यस स्कूलको आयोजनमा आउँदो ९ सेप्टेम्बरदेखि सेण्ट रोबर्ट्स च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। क्लास सेभेनसम्मका नानीहरूले हिस्सा लिने यस सेभेन ए साइड इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यी २० वटा टीमलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २७ सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल ३० सेप्टेम्बरमा खेलिनेछ।