सन्न्यासको फसेला फिर्ता लिएर सुनिल छेत्री भारतीय टीममा फर्किन तयार

IMG-20250309-WA0142

नयाँ दिल्ली: भारतीय फूटबल टीमका पूर्व कप्तान सुनिल छेत्रीले सन्न्यासको फसेला फिर्ता लिँदै मैदानमा फर्किने फसेला गरेका छन्। उनलाई मार्चमा फिफा अन्तर्राष्ट्रिय विण्डोको अवधि राष्ट्रिय टीमको निम्ति खेलिरहेको देखिनेछ। भारतले एएफसी एशियन कप २०२७-को क्वालीफायरमा आफ्नो तेस्रो राउण्डको म्याच बंग्लादेशविरुद्ध खेल्नेछ। म्याच २५ मार्चमा खेलिनेछ। ४० वर्षीय सुनिलले जून २०२४-मा अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिएका थिए। फिफा वर्ल्ड कप क्वालीफायर चरणअन्तर्गत सुनिलले गत साल जूनमा आफ्नो अन्तिम अन्तर्राष्ट्रिय म्याच कलकत्ताको युवाभारती क्रीड़ांगणमा कुवैतविरुद्ध खेलेका थिए। त्यो म्याच गोलरहित ड्र-मा समाप्त भएको थियो। सुनिल छेत्रीले अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिएपछि तत्कालीन मुख्य प्रशिक्षक इगोर स्टीमाकलाई पनि अल इण्डिया फूटबल फेडरेशन (एआईएफएफ)-ले पदबाट हटाएको थियो। त्यसपछि मानोलो मार्क्वेजलाई टीमको मुख्य प्रशिक्षक नियुक्त गरिए पनि टीमले आशानुरुप प्रदर्शन गर्न सकेको छैन। मार्क्वेजको मार्गदर्शनमा भारतले ४ वटा म्याच खेलेर केवल २ गोल गर्न सकेको छ। यसमा फारुख चौधरीले भियेतनामविरुद्ध अनि राहुल भेके-ले मलेशियाविरुद्ध हैदराबादमा खेलिएको म्याचमा १-१ गोल गरेका थिए। मार्क्वेजले ती म्याचमा स्ट्राईकरको भूमिकामा मानवीर सिंह, इरफान फवाद र फारुखसहित एकाधिक खेलाड़ीलाई प्रयोग गरे पनि कसैले गोल दिलाउन सकेनन्। सुनिल छेत्रीले सन्न्यास लिएपछि भारतको निम्ति अन्तर्राष्ट्रिय म्याचहरूमा गोल हासिल गर्नु ठूलो समस्या बनेको छ। यसैकारण उनले देशको हितमा सन्न्यासको फसेलालाई फिर्ता लिने भएका छन्। यसबाहेक आईएसएल-मा उनको फर्मले पनि यस फसेलापछि ठूलो भूमिका निर्वाह गरेको छ। आईएसएलको जारी सीजनमा उनी सर्वाधिक गोल गर्ने भारतीय खेलाड़ी हुन्। सुनिलले जारी सीजनमा आफ्नो क्लब बेंगलुरु एफसी-बाट २३ वटा म्याचमा १२ गोल गरिसकेका छन्। एफसी गोवाका ब्रिसन फर्नाण्डेज दोस्रो सर्वाधिक भारतीय गोलदाता हुन्, जसले ७ वटा गोल गरेका छन्। उल्लेखनीय छ, सुनिल छेत्रीले आफ्नो सीनियर अन्तर्राष्ट्रिय करियरमा १५१ वटा म्याच खेलेर ९४ वटा गोल गरिसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement