चोटग्रस्त लिदाज विलियम्सको स्थानमा कोर्बिन बश मुम्बई इण्डियन्समा सामेल

IMG-20250308-WA0400

नयाँ दिल्ली: दक्षिण अफ्रिकाका पेस बलर लिजाद विलियम्स घुँड़ाको चोटले गर्दा आईपीएल (इण्डियन प्रीमियर लीग) २०२५-बाट बाहिर भएका छन्। यसैकारण मुम्बई इण्डियन्सले लिजादको स्थानमा पेस बलिंग अलराउण्डर कोर्बिन बशलाई टीममा सामेल गरेको छ। बश (३० वर्ष)-ले ८६ वटा टी२० म्याच खेलेर ५९ विकेट लिनको साथै ६६३ रन पनि बनाएका छन्। उनको सर्वोच्च स्कोर ८१ रन रहेको छ। उनले आईपीएल-मा अहिलेसम्म पदार्पण गरेका छैनन् तर उनले एसए२०-मा मुम्बई इण्डियन्स केप टाउनलाई खिताब दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले टुर्नामेण्टमा ११ विकेट लिएका थिए। मुम्बई इण्डियन्सद्वारा जारी बयानमा भनिएको छ, दक्षिण अफ्रिकाका पेस बलर लिजाद विलियम्स चोटले गर्दा आउँदो टाटा आईपीएल २०२५-बाट बाहिर भएका छन् अनि उनको स्थानमा दक्षिण अफ्रिकाकै कोर्बिन बशसँग अनुबन्ध गरिएको छ। बशले दक्षिण अफ्रिकी टीमबाट एउटा टेस्ट र २ वटा वनडे इण्टरनेशनल म्याच पनि खेलेका छन्। कोर्बिन बश पूर्व दक्षिण अफ्रिकी पेस बलर टर्टियस बशका पुत्र हुन्, जसले १९९२-मा दक्षिण अफ्रिकाको निम्ति एउटा टेस्ट म्याच र २ वटा वनडे इण्टरनेशनल म्याच खेलेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement