अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा र्‍याली 

IMG-20250308-WA0307

सिलगढी: आज अन्तर्राष्ट्रिय महिला दिवसमा “हामी नारी हौं र सबै गर्न सक्छौं” भन्ने नारालाई स्मरण गर्दै सिलगढी खालपाडा पुलिस चौकीको पहलमा स्थानीय महिलाको सहभागितामा जुलुस निकालियाे। खालपाडा क्षेत्रको मिलन समिति शितला मन्दिरबाट सुरु भएको यो र्‍यालीमा पुरुषसँगै स्थानीय महिलाको पनि सहभागिता रहेको थियो।  शीतला मन्दिरबाट सुरु भएको यो र्‍याली खलपाडाका विभिन्न गल्ली परिक्रमा गरी पुनः शीतला मन्दिरमा पुगेर समापन भएको थियो। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शितला मन्दिरमा आयोजित कार्यक्रममा आज महिला दिवस मनाइनुको कारणबारे जानकारी दिइएको थियो।

यस अवसरमा सिलगढी पुलिस स्टेशन आईसी प्रसेनजीत विश्वास, खालपाडा चौकीका ओसी सुदीप दत्त र पुलिसकर्मी र आम जनता उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement