पाकिममा फिल्ड डे कार्यक्रम सक्रिय

IMG-20250308-WA0423

पाकिम: बाँझो जमीनलाई खेतीयोग्य बनाउने उद्देश्यले शुरू गरेको फिल्ड भिजिडअन्तर्गत २८औं प्रकऱण आज पाकिम जिल्लाको विभिन्न गाउँमा रहेको बाँजो जमिनको निरीक्षणसंगै सम्पन्न भयो। उल्लेखनीय छ, पाकिम जिल्लाले प्रत्येक शुक्रबार बाँझो जमीनको निरीक्षण गर्दै उक्त जमीनलाई खेतीयोग्यमा परिणत गर्ने उद्देश्य राखेर निरीक्षणलाई जारी राखेको छ। यसै क्रममा जिल्लाका अतिरिक्त जिल्लापाल कार्यालयका अधिकारीहरूले बाँझो जमीनको निरीक्षण गरेका छन्। यस पहलले जिल्लामा रहेको बाँझो जमीन हुनेहरूलाई उल्लेखनीय प्रभाव पार्नको साथै कृषि विकासलाई बढावा दिएको र आगामी पुस्ताको लागि समृद्ध भविष्य सुरक्षित गर्न प्रोत्साहित गरिरहेको छ। पाकिम जिल्लाभित्रका सबै ग्राम पञ्चायत एकाइहरूमा यस अभियानले सफलता हासिल गरेको र जसले बाँझो जमिनलाई उत्पादक खेतमा तयार पारेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement