सरमसा गार्डनमा आयुषको महिला स्वास्थ्य शिविर आयोजित

IMG-20250308-WA0421

पाकिम: अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सिक्किम सरकारको स्वास्थ्य तथा परिवार कल्याण विभागको राष्ट्रिय आयुष मिसनले सरमसा गार्डनमा महिलाहरूको लागि कल्याण शिविर आयोजना गर्योग। शिविरको उद्देश्य महिलाहरूको स्वास्थ्यबारे जागरुकता गराउनु थियो। यसअन्तर्गत महिलाहरुमा हुने एनीमिया रोगबारे जागरूकता गराउँदै स्वास्थ्य जाँच सम्पन्न गरियो। अनियमित मासिक धर्म, रक्तचाप र अन्य जाँच पनि गरिएको थियो। महिलाहरूलाई स्वास्थ्यबारे जानकारी गराउँदै आयुर्वेदिक प्रणालीबाट हुने उपचार साथै दैनिक दिनचर्याबारे जानकारी गराएको थियो। यस शिविरले तीन सयभन्दा धेरै महिलाहरूलाई लाभान्वित गरेको थियो। आयूषको टोलीले परम्परागत स्वास्थ्य अभ्यासहरूसँग आधुनिक स्वास्थ्य जाँचलाई अप्नाउने साथै स्वास्थ्य निगरानी राख्नेबारे जागरुकता गराइएको थियो। राष्ट्रिय आयुष मिसनले आवश्यक स्वास्थ्य सेवा सुविधा सुनिश्चित गर्दै यस्तो कार्यक्रमहरूमार्फत महिला स्वास्थ्य र सशक्तिकरणप्रति काम गर्दै आएको जानकारी पनि दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement