गान्तोक: सोरेङ जिल्ला एथलेटिक्स एसोसिएशन र सनफार्माको प्रायोजनमा जिल्लास्तरीय एथलेटिक्स मीट च्याखुङस्थित डनबस्को स्कूलको खेल मैदानमा सम्पन्न भयो। यस अवसरमा विभिन्न प्रकारका प्रतियोगिता आयोजना गरिएको थियो। जसमा, लङजम्प, जेवलियन लगायत अन्य गतिविधिहरू सामेल थिए। उक्त कार्यक्रममा सोरेङ जिल्लाका विभिन्न विद्यालयहरूले उत्साहका साथ सहभागिता जनाएका थिए। यस अवसरमा १४, १६ र १८ वर्ष मुनिका विद्यार्थीहरूहरूलाई विभाजित गरिएको थियो, जसमा छनोट भएका सहभागीहरूले रांका खेलगाउँमा हुने राज्यस्तरीय एथलेटिक्स प्रतियोगितामा सहभागिता जनाउने छन्।