प्रदेश भाजपाले पालन गऱ्यो अन्तर्राष्ट्रिय महिला दिवस

IMG-20250308-WA0419

गान्तोक: भारतीय जनता पार्टी, सिक्किम प्रदेशले पनि पालन गऱ्यो अन्तर्राष्ट्रिय महिला दिवस। सिक्किम प्रदेश भाजपा महिला मोर्चाको तत्वावधानमा गान्तोकस्थित सिटी कार्यालयमा आयोजित कार्यक्रममा समाजका विभिन्न तह र तप्काका महिला सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा भारत सरकारका एक अवकाशप्राप्त कर्मचारी श्रीमती टी नोर्जिङ भोटिया मुख्य अतिथि रहेकी थिइन् भने प्रदेश अध्यक्ष डीआर थापा विशिष्ठ अतिथि रहेका थिए।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सिक्किम प्रदेश भाजपाद्वारा विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धी हासिल गरेका महिलाहरूलाई अभिनन्दन पनि जनाइयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष थापाले पार्टीका महिला सदस्यहरू साथै राज्यका सम्पूर्ण नारीहरूलाई अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement