काठमाडौं: नेपालका शिक्षकहरुले आफ्नो अधिकार र मागका लागि फेरी सडकमा प्रदर्शन गरेका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्याली निकालेर सरकारविरुद्ध नाराबाजी गरेका छन्।
शिक्षकहरुको मुख्य माग
नेपाल शिक्षक महासंघले २०८० (२०२३) मा भएका सम्झौता कार्यान्वयन गर्न र शिक्षा ऐन जारी गर्न सरकारलाई दबाब दिने उद्देश्यले यो प्रदर्शन गरेको जनाएको छ। महासंघले निम्न माग राखेको छ।
शिक्षा ऐन यथाशीघ्र कार्यान्वयन गर्नुपर्छ।
पेन्सनसम्बन्धी हालै पारित भएको अध्यादेश खारेज गर्नुपर्छ।
सरकारले गरेका सबै पुराना सम्झौता तत्काल लागू गर्नुपर्छ।
आन्दोलनको तीव्रता बढ्न सक्छ
यस विषयमा शिक्षक महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरिसकेको छ। उनीहरुको मागलाई सरकारले गम्भीरतापूर्वक लिएन भने आन्दोलन चर्किने छ।
शिक्षकहरूले माइतीघर मण्डलबाट जुलुस निकालेर बानेश्वरसम्म र्याली गरेका थिए। उनीहरुले शिक्षा प्रणालीमा सुधार गरी शिक्षकले आफ्नो हकअधिकार पाउनका लागि आफ्ना जायज माग यथाशीघ्र पूरा गर्न सरकारसँग आग्रह गरेका छन्।