गान्तोक। सरकारी ठेकादार फुरी शेर्पाले राज्य शिक्षा विभागमाथि काम लगाएर ठेकादारहरूलाई पैसा जारी नगरेको गम्भीर आरोप लगाएकी छन्। अर्कातिर, उनले विभागका अधिकारीहरूमाथि ठेकादारहरूसॅंग पनि भेदभाव गरेर पैसा भुक्तान गरिरहेको आरोप लगाएकी छन्।
श्रीमती शेर्पाले राजधानीमा आज एक प्रेसवार्तामा यस्तो आरोप लगाएकी हुन्। उनले गत वर्ष शिक्षा विभागले 105 वटा भवन निर्माणका लागि टेण्डर गरेर वर्कअर्डर दिएको बताइन्। आफुहरूले पनि यी भवनहरू नानीको शिक्षासॅंग सम्बन्धित रहेकाले रात-दिन गरेर काम गरेको उनले दाबी गरिन्। तर, विभागले पैसा जारी गर्न छाडेपछि निर्माण कार्यहरू प्रभावित बनिरहेको उनले बताइन्।
ठेकादार शेर्पाले विभागमा बिल लिनु जॉंदा अधिकारीहरूले पैसा छैन, पैसा कम्ति छ, विभागलाई आवण्टित पैसा कर्मचारीहरूको वेतन भुक्तान गर्दा सकियो भन्ने उत्तर पाउने गरेको बताइन्। तर, विभागको एकाउण्ट्स सेक्सनले भने मनपरी ठेकादारहरूलाई पैसा वितरण गरिरहेको उनले आरोप लगाइन्। उनले ठेकादारहरूलाई कामको पैसा भुक्तानीमा भेदभाव भइरहेको उनले बताइन्।
उनले रंगेलीमा सडक निर्माण कार्यका कारण स्थानीय विद्यालय क्षतिग्रस्त भएकाले आफुमाथि विद्यालयको नयॉं भवन छिटो निर्माण गर्न दबाउ रहेको बताइन्। उनले आफुसॅंग भएको सबै पैसा निर्माण कार्यमा खर्च भइसकेको बताउॅंदै विभागबाट पैसा जारी नहुॅंदा निर्माण कार्य रोकिएको छ भनिन्। उनले विभागबाट आफुले गरेको कामको पैसा जारी नहुॅंदा विभागलाई लिगल नोटिससम्म पठाइसकेको अवगत गराइन्। तर, विभागका अधिकारीहरू कानमा तेल हालेर बसिरहेको उनले आरोप लगाइन्। उनले विद्यार्थीहरूमाथि कुनै प्रकारको अप्रिय घटना घटेको खण्डमा त्यसको आफु जिम्मेवार नहुने बताइन्।
यस अतिरिक्त, उनले हालैमा सरकारले लोन रिकभरी एक्स पास गरेकोमा खुशी व्यक्त गर्दै यो कानून स्वागतयोग्य रहेको बताइन्। तर, अब विभागहरूले पनि ठेकादारहरूलाई पैसा जारी गरिदिनु पर्छ ताकि ब्याङ्कको लोन फर्काउन सकियोस् भनी उनले बताइन्। उनले आफुले पनि ब्याङ्कबाट ओडी लिएको तर, विभागबाट आफुले गरेको कामको पैसा भुक्तान नभएपछि लोन फिर्ता गर्न नसकिरहेको बताइन्।