महिला दिवसको अवसरमा ब्रह्मा कुमारी केन्द्रमा विश्व शान्तिको सन्देश सहित विभिन्न कार्यक्रमको आयोजना

IMG-20250308-WA0204

जलपाईगुडी: महिला दिवसमा जलपाईगुडीको ब्रह्मा कुमारी सेन्टरमा विश्व शान्तिको सन्देशसहित विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमसँगै योग र ध्यानको समेत आयोजना गरिएको थियो । कार्यक्रममा ब्रह्मा कुमारी सेन्टरका सय भन्दा बढी दिदीबहिनीहरुको सहभागिता रहेको थियो।
विशेष नारी दिवसका अवसरमा प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विद्यालयका दिदीबहिनीले नारीलाई उचित सम्मान दिनुपर्ने बताए। सुन्दर समाज निर्माणमा महिलाको महत्व धेरै छ।


कार्यक्रममा ब्रह्मा कुमारी ईश्वरीय विद्यालय, जलपाईगुडीकी निर्देशक बीके नीतुले महिलाको असल कार्यबाट सुन्दर समाज निर्माण गर्ने सन्देश दिएकी थिइन्। उनले भने, ‘आज हरेक क्षेत्रमा महिला हिंसाको सिकार भइरहेका छन् । यस्तो अवस्थामा विश्वको हितका लागि यी कुराहरू बन्द गर्नुपर्छ। महिलाको उत्थान र विकासबाट मात्र समाज र राष्ट्रको विकास हुन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement