राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित माला जिग्दल दोर्जीलाई रम्फूमा न्यानो स्वागत

23-56-31-jigdal_826_H@@IGHT_0_W@@IDTH_600.jpg

गान्तोक। राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित मर्डन उच्चतर माध्यमिक विद्यालयकी प्रधानाध्यापक माला जिग्दल दोर्जीलाई आज रम्फूमा न्यानो स्वागत जनाइयो। उनलाई राष्ट्रिय शिक्षक दिवसको अवसरमा नयाँ दिल्लीमा आयोजित कार्यक्रममा देशकी राष्ट्रपति द्रौपदी मुर्मुको बाहुलीद्वारा राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित गरिएको थियो।

रम्फूमा श्रीमती दोर्जीलाई सिक्किम शिक्षक संघका सदस्यहरू, संस्कृति विभागकी सल्लाहकार भीमकुमार शर्मा, आरडीडी चेयरपर्सन सुनीता गौतम, सिक्किम फिल्म प्रमोशन बोर्डकी चेयरपर्सन पूजा शर्मा तथा अन्यहरूले स्वागत जनाए। प्रधानाध्यापक दोर्जीलाई यस उपलब्धी तथा राज्यको नाम रोशन गरेकोमा सबैले बधाई दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement