६४ जना टिस्टा बाढ पिढितहरूलाई हाउस बिल्डिङ ग्राण्ट

IMG-20250308-WA0393

टिस्टा: ६४ जना टिस्टा बाढ पिढितहरूलाई हाउस बिल्डिङ ग्राण्ट टिस्टा ग्राम पञ्चायतको पहलमा कालेबुङ जिल्ला प्रशासनद्वारा प्रदान गरियो। हालसम्म ४३४ जना टिस्टा बाढ पिढितहरूले हाउस बिल्डिङ ग्राण्ट पाइसकेका छन् भने टिस्टामा मात्र आजसम्म ३०५ जना बाढ पिढितहरू उक्त सरकारी अनुदानका लाभार्थी बनिसकेका छन्। जीटीए प्रमुख कार्यपाल अनित थापाको पहलमा र टिस्टा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा शाखाको दीर्घदिन अघिदेखिको प्रयासमा बाढ पिढितहरूले घर निर्माणको निम्ति अनुदान पाउन सकेको बताइएको छ।

टिस्टा बाढ पिढितहरूले जीटीए प्रमुख अनित थापाप्रति आभार व्यक्त गरेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement