नयाँ दिल्ली: भारत र न्यूजील्याण्डको क्रिकेट टीमबीच आइतवार दुबई इण्टरनेशनल क्रिकेट स्टेडियममा हुने आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा भिड़न्त हुनेछ। टुर्नामेण्टमा यी दुई टीमबीच दोस्रोपल्ट फाइनलमा भिड़न्त हुन गइरहेको छ। यसअघि २०००-मा स्टीफन फ्लेमिंगको कप्तानीमा रहने न्यूजील्याण्डले केन्याको नाईरोबी जिमखाना क्लबमा खेलिएको टुर्नामेण्टको फाइनलमा सौरभ गांगुलीको कप्तानी रहने भारतलाई पराजित गरेको थियो। यसपाली दुवै टीम फर्ममा रहेको हुनाले फाइनल रोचक हुने तय छ। आईसीसी (इण्टरनेशनल क्रिकेट काउन्सिल)-ले पनि यसको निम्ति कम्मर कसेको छ। आईसीसी-ले च्याम्पियन्स ट्रफी २०२५-को निम्ति जम्मा पुरस्कार राशि ६.९ मिलियन अमेरिकी डलर (लगभग ५९.९ करोड़ रुपियाँ) गरेको छ। यो च्याम्पियन्स ट्रफीको २०१७-मा भएको गत संस्करणको तुलनामा ५३ प्रतिशत अधिक हो। आईसीसी-ले ग्रुप चरणमै बाहिर हुने टीमहरूलाई पनि नगद पुरस्कार प्रदान गर्नेछ।
च्याम्पियन्स ट्रफीको पुरस्कार राशिः
च्याम्पियन टीमः २.२४ मिलियन अमेरिकी डलर (लगभग २०.८ करोड़ रुपियाँ)
रनरअप टीमः १.१२ मिलियन अमेरिकी डलर (लगभग १०.४ करोड़ रुपियाँ)
सेमिफाइनलमा हार्ने प्रत्येक टीमहरूः प्रत्येकलाई ५६०,००० अमेरिकी डलर (लगभग ५.२ करोड़ रुपियाँ)
पाँचौं र छैटौं स्थानमा रहने टीमहरूः प्रत्येकलाई ३५०,००० अमेरिकी डलर (लगभग ३ करोड़ रुपियाँ)
सातौं र आठौं स्थानमा रहने टीमहरूः प्रत्येकलाई १४०,००० अमेरिकी डलर (लगभग १.२१ करोड़ रुपियाँ)
ग्रुप चरणमा प्रत्येक म्याचमा जीतः विजेता टीमलाई ३४,००० अमेरिकी डलरभन्दा अधिक (लगभग २९.५ लाख रुपियाँ)
सबै ८ वटा टीमहरूलाई भागीदारीको निम्तिः प्रत्येकलाई १२५,००० अमेरिकी डलर (लगभग १.०८ करोड़ रुपियाँ)