सिविटार चियाबारीमा भागोप्रमो सांगठनिक सभा सम्पन्न

IMG-20250308-WA0388

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि अन्तर्गत सिविटार चियाबारीको सात नम्बर डिभिजनमा सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा पञ्चायत समिति सदस्य कुसाङ लामाको अध्यक्षता र फुर्बा तामाङको सञ्चालनमा सम्पन्न भएको छ।‌ उक्त सभा भागोप्रमो सिविटार बुथ कमिटीको प्रतिनिधिहरु साथै सिविटारका युवा शक्तिका‌ प्रतिनिधिहरुलाई लिएर सम्पन्न भएको छ। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, पञ्चायत समिति सदस्य कुसाङ लामा र अन्यले सम्बोधन गरेका थिए। उक्त सभा यस क्षेत्रका युवाहरुलाई रोजगार प्रदान गर्नलाई जन सम्पर्क अभियान अन्तर्गत युवाहरुलाई लिएर सम्पन्न भएको छ।‌ सभामा वक्ताहरुले विकासको लागि युवाहरु एकबध्द भएर बस्नु पर्ने र जीटीए प्रमुख अनित थापाले एक क्षेत्रमा गरेका विकासका कार्यहरूको कारण सवैजना एकबध्द हुनु पर्ने आह्वान् गरेका छन्। यसै सभामा सिविटार क्षेत्रका युवाहरु पुनः भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा‌ सामेल भएका छन्। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले सिविटार बुथ कमिटीको प्रतिनिधिहरु र युवाहरुलाई लिएर सांगठनिक सभा सम्पन्न भएको जानकारी गराउँदै सभामा युवाहरुलाई विकासको लागि एकबध्द भएर बस्ने‌ आह्वान् गरिएको साथै अनित थापाको कार्य प्रणालीलाई हेरेर एकजुट भएर बस्ने साथै भविष्यमा विकासका कार्यहरू विषयमा चर्चा परिचर्चा गरिएको जानकारी गराएका छन्‌‌।

About Author

Advertisement