नारी शक्तिको आयोजनामा तीनधारे महानदी समष्टि स्तरीय अन्तर्राष्ट्रीय नारी दिवस कार्यक्रम सम्पन्न

IMG-20250308-WA0387

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन नारी शक्ति तीनधारे महानदी समष्टिको आयोजनामा समष्टी स्तरीय अन्तर्राष्ट्रीय नारी दिवस कार्यक्रम महानदीको घुम्ती चियाबारी अन्तर्गत आदर्श श्रमिक कल्याण भवनमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधानले गरेका थिए भने प्रमुख अतिथिको रुपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री उपस्थित रहेका थिए‌। कार्यक्रमलाई नारी शक्ति तीनधारे महानदी समष्टिको सचिव एंव घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान भगवती प्रधानले सञ्चालन गरेका थिए। कार्यक्रममा स्वागत सम्भाषण भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले‌ राखेका थिए। उनले नारीहरुले पनि अहिले देशमा धेरै प्रगति गरिसकेको र यता जीटीए क्षेत्रमा‌ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाकोे नेतृत्वमा नारीहरुले‌ विभिन्न ओदाहरुमा रहेर कार्य गरिरहेको बताएका छन्‌। उनले अन्तर्राष्ट्रीय नारी दिवसको अवसरमा सबैलाई‌ शुभकामना दिएका छन्। कार्यक्रमको शुरुमा सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरुका बाहुलीबाट मदर टेरेसाको तस्वीरमा खदार्पणसहित धुप दीप प्रज्वलन गरिएको थियो‌। कार्यक्रममा भागोप्रमो महानदी बुथ कमिटीको सभापति टंकप्रसाद शर्माको निधनमा‌ मौन धारण पनि गरिएको छ। कार्यक्रममा उपस्थित वरिष्ठ नारी वृध्दाहरुका बाहुलीबाट केक काटेर अन्तर्राष्ट्रिय नारी दिवस पालन गरिएको छ‌।

यसै कार्यक्रममा‌ तीनधारे महानदी समष्टिको विभिन्न स्थानहरुका वरिष्ठ नारीहरुलाई आयोजक समितिको तर्फबाट सम्मान जनाइएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले आफ्नो सम्बोधनमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तीनधारे महानदी समष्टिको २२ वटै बुथहरुका नारीहरुलाई शुभकामना व्यक्त गरेका छन्। उनले नारीहरुका कार्यलाई प्रशंसा गर्दै सबैलाई सदैव अघि बढ्ने‌ आह्वान् गरेका छन्। कार्यक्रममा नानीहरु साथै नारीहरुले नृत्य, गीत, कविता प्रस्तुत गरेका थिए।

कार्यक्रममा‌ आफ्नो‌ प्रस्तुति दिनेहरुलाई पनि आयोजक समितिको तर्फबाट सम्मान पनि गरिएको छ। यस कार्यक्रममा विशिष्ट अतिथिको रुपमा महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा, उप प्रधान सोनिका तामाङ, घैयाबारी ग्राम पञ्चायत तीनको उप प्रधान केवल राई, पञ्चायत समिति सदस्याहरु सरिता मुखिया, कुसुम तामाङ, अनिरा तामाङ, दिक्षा छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, प्राथमिक शिक्षा विभागको बोर्ड सदस्या शान्ता तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए।


यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधानले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन नारी शक्ति तीनधारे महानदी समष्टिको आयोजनामा अन्तर्राष्ट्रीय नारी दिवस पालन गरिएको र यस अवसरमा तीनधारे महानदी समष्टिको २२ वटै बुथहरुका वरिष्ठ नारीहरुलाई सम्मान जनाइएको पनि बताएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement