गोर्खा युथ एक्टिभिटिष्ट नेटवर्कको आयोजनामा माटो बचाऊ अभियानको शुरुवात

IMG-20250308-WA0360

यो माटोको लागि बौध्दिक जमातलाई लिएर गरिएको आन्दोलन हो: बीरेन्द्र रसाईली

सोनादा: गोर्खा युथ एक्टिभिटिष्ट नेटवर्कको आयोजनामा शनिबारदेखि माटो बचाऊ अभियान मार्गेट्सहोप चियाकमानबाट शुरु भएको छ। यस क्रममा ज्ञानको टिमले मार्गरेट्स होप चियाबारीको शहिद वेदीबाट माटो बचाऊ अभियानको शंख घोष गरेका छन्। उक्त शहीद वेदीमा १९५५ सालमा‌ शहीद भएकाहरुलाई श्रध्दाञ्जली अर्पण कार्यक्रम सम्पन्न भएको छ। यस अवसरमा श्रध्दाञ्जली सभा पनि गरियो जसमा उपस्थित सबैले शहीदहरुलाई श्रध्दाञ्जली अर्पण गरेका थिए। त्यसपछि शहीद वेदीबाट पैदल यात्रा गरेर केही तल दोकान डाँडासम्म पुगेर पथ सभामा परिणत भएको थियो। उक्त पथ सभालाई गोर्खाल्याण्ड एक्टिभिष्ट समूहबाट किशोर प्रधान, दार्जिलिङ तराई डुवर्स चियाबारी सुरक्षा समितिको‌बाट बन्दना राई, कृषक कल्याण संगठनको तर्फबाट विष्णु छेत्री, सिध्दान्त गोर्खा राई, सञ्जय थुलुङ, भारतीय गोर्खा जनशक्ति फ्रण्टको तर्फबाट शारदा राई सुब्बा, ज्ञानको संयोजक अधिवक्ता बीरेन्द्र रसाईली लगायत अन्यहरुले सम्बोधन गरेका थिए। यस पथ सभालाई मनोज बोगटीले सञ्चालन गरेका थिए। गोर्खा युथ एक्टिभिटिस्ट नेटवर्कको अगुवाईमा शनिबारदेखि माटो बचाऊ अभियानको थालनी गरिएको छ। विशेष गरेर ज्ञानले‌ 5 डेसीमल जमीनको पर्जा पट्टा र ३० प्रतिशत चियाबारीको जमीन बिजिनेसको लागि दिने अधिसूचनाको विरोध गर्नलाई यो माटो‌‌ बचाऊ अभियान शुरु गरिएको बताइएको छ। अब अघिल्लो रणनीति के हुनेछ साथै कहिले गर्ने भन्ने विषयमा उच्च माध्यमिक परीक्षा सकेर पत्रकार सम्मेलन बोलाएर जानकारी गराउने भएको छ।‌

यसको साथै ज्ञानको माटो बचाऊ अभियानमा गोर्खा सेवा सेनाबाट बिक्रमादि राई, नरेन्द्र काङ्बाङ, बबिता मादेन, उमेश परिवार, आरके शर्मा, सुमित देवान, भारतीय गोर्खा जनशक्ति फ्रण्टको तर्फबाट राप्गे राई‌ लगायत अन्यहरु उपस्थित रहेका थिए।‌ माटो बचाऊ अभियानको शुरुवात गरिएको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गोर्खा युथ एक्टिभिटिस्ट नेटवर्कको संयोजक अधिवक्ता बीरेन्द्र रसाइलीले जीटीएको चिफ्‌ अनित थापालाई र निर्वाचितहरुलाई त सरकारले‌ टेरेन अनि हामीलाई सरकारले‌ हेपेको जस्तो लाग्यो र केही दिनमा प्रशासन लगाएर पनि रोक्नु सक्छ त्यसैले पनि हामीले‌ जमीनलाई लिएर आन्दोलन तीब्र पारेको हो र यो आन्दोलन बौध्दिक व्यक्तिहरुलाई‌ लिएर गरिएको आन्दोलन हो भनी बताएका छन्।‌ पत्रकारहरुलाई सम्बोधन गर्दै रसाइलीले भने, ‘हाम्रो आन्दोलन बौध्दिक आन्दोलन हो र हिंसा र रक्तपातको आन्दोलन होइन। यो आन्दोलन बौध्दिक व्यक्तिहरुलाई‌ र श्रमिकहरुलाई लिएर गरिएको हो तर हामी ट्रेड युनियन होइन। हामी ठाउँ ठाउँमा गएर सभा गर्नेछौं। अहिले उच्च माध्यमिक परीक्षा चलिरहेको छ र उच्च माध्यमिक परीक्षा सकेर हाम्रो आन्दोलनको रुपरेखा तयार पार्नेछौं।’


उनले अघि भने, ‘हामी जाति र माटोको संकट परेको देखेर अघि आएका हौं।‌ आज माटो बचाउने आन्दोलनको शंखघोष मात्र हो। यो शुरुवात हो र भविष्यमा का र कहिले‌ भन्ने विषयमा पत्रकार सम्मेलन बोलाएर जानकारी गराउनेछौं।’
ज्ञानको संयोजक अधिवक्ता बीरेन्द्र रसाईलीले ज्ञानको मुख्य मुद्दा भनेको अहिलेलाई ५ डेसीमल जमीनको मुद्दा र ३० प्रतिशत चियाबारीको जमीन बिजिनेसको लागि दिने घोषणाको विरोधमा‌ गरिएको आन्दोलन रहेको बताएका छन्। उनले अझ भने, ‘यो जमीनलाई लिएर गरिएको आन्दोलन बताउँदै सरकारले हामीप्रति गरेको अतिक्रमणको विरोधमा‌ गरिएको‌ आन्दोलन हो माटो बचाऊ अभियान। ज्ञानले तीनवटा कुरामा ध्यान दिन्छ जसमा जातीय एकीकरण, शिक्षा र संघर्ष रहेको छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement