इन्डोनेसियाली सामाजिक कार्यकर्ता सिक्किम भ्रमणमा

IMG-20220907-WA0180.jpg

गान्तोक: इन्डोनेसियाका सामाजिक कार्यकर्ता इन्द्र उधेयनालाई आज आईपीआर विभागका सल्लाहकार वीरेन्द्र तामलिङ अनि साथमा संस्कृति विभागका सल्लाहकार भीम कुमारी शर्माले स्वागत गरे। २०२० मा, उनलाई सामाजिक कार्यको क्षेत्रमा विशेष गरी गान्धी दर्शनमा दिएको योगदानको लागि भारत सरकारले पद्मश्री सम्मानबाट सम्मानित गरेको थियो।

उदयनका बाली र लोम्बोकमा चार आश्रमहरू छन् जसले अहिंसा, मानवता र सत्यको उद्देश्य राखेर गान्धी सिद्धान्तहरू पछ्याउँदै आएका छन्। उनले सांस्कृतिक सम्बन्धहरू प्रदान गर्न र साझेदारी गर्न संवाद निर्माण गर्न भारतीय सांस्कृतिक सम्बन्धी संस्थाहरुसंग काम गर्दै आएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement