खरसाङको पंखाबारी क्षेत्रमा आगलागीको घटना

IMG-20250308-WA0207

अग्निशमन केन्द्र स्थापनाको मांग

खरसाङ: खरसाङ खण्ड अन्तर्गत पंखाबारीमा आज बिहान आगलागीको घटना भएको जानकारी प्राप्त भएको छ। स्थानीय कबीर लामाले जनाए अनुसार आज बिहान प्रायः साढे नौ बजीदेखि यहाँको नयाँ गाउँ नजिकको जंगलबाट आगो लाग्न शुरू भएको अनि त्यो आगो पंखाबारी बजारसम्म पुगेको थियो। घटनाको जानकारी पाएपछि खरसाङ अग्नि शमन विभागबाट दमकल आएर तथा स्थानीय मानिसहरूको प्रयासमा लगभग दुइ घण्टा लगाएर आगो निभाउन सफल भएको लामाले जनाएका छन्। यस क्षेत्रमा प्रायः प्रत्येक वर्ष नै यो हिउँदको समयमा यसरी नै आगो लाग्ने गरेको जनाउँदै यहाँ एउटा अग्निशमन केन्द्रको स्थापना भइदिए असल हुने जनाएका छन्।

आज पनि क्षेत्रीय सभासद कल्पना प्रधानको सहयोगमा खरसाङ अग्नि शमनबाट दमकल उपलब्ध गराइए तापनि यहाँबाट खरसाङ बजार केही टाढा भएकोले दमकल आउन समय लागेको बताए। यद्यपि विभागीय कर्मचारीहरू आएर आगोलाई नियन्त्रणमा ल्याउन सकिएको जनाउँदै लामाले क्षेत्रीय सभासद लगायत अग्नि शमन विभागका अधिकारी अनि कर्मचारीहरू तथा स्थानीयवासीहरूप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement