झापा: गैरकानुनि बाटो हुँदै दलालको प्रलोभनमा परी कुवेतकी एक नेपाली महिलाले आत्माहत्या गरेकी छन्। कुबेतस्थित रिघाइमा कार्यरत सिन्धुपाल्चोक घर भएक निर्मला दोङ तमाङ आ,त्माह,त्या गरेकी हुन्।
कुवेतमै कार्यरत रहेका सामाजिक अभियन्ता घनश्याम थापा मगरका अनुसार निर्मलाले गत फेब्रुअरी १८ तारिखका दिन आत्माहत्या गरेकी हुन्। घरेलु कामदारको रुपमा कार्यरत रहेकी उनी दुबईमा रहेका श्रीमानले अर्कै केटीसँग लिभिङ्ग टुगेदरमा बस्न थालेपछि आत्माहत्या गरेको हुनसक्ने अभियन्ता थापा मगरले बताए।
‘त्यो बहिनीको श्रीमान दुबईमा अर्कै केटीसँग लिभिङ्गमा बसेको रहेछ पछि उस्ले थाहा पाएर झुन्डिएर आत्माहत्या गरेको हुन् सक्छ, अभियन्ता थापाले भने,’ आत्माहत्या गरेको जानकारी पाएपछि कानुनी प्रक्रिया पूरा गरेर शव नेपाल पठाईसकेका छौ।’ यता, त्रिभुवन विमानस्थल शव बुझ्दै मृतककी आफन्तले आ,त्माह,त्या गर्न बाध्य पार्नेलाई कडा कारबाहीको माग गरेका छन्।