बजाजले लञ्च गऱ्यो नयाँ इलेक्ट्रिक थ्री-व्हीलर बजाज गोगो

IMG-20250307-WA0311

काेलकत्ता: बजाज अटोले बजाज गोगो नामक नयाँ ब्राण्ड पेश गरेर इलेक्ट्रिक थ्री-ह्वीलर सेग्मेण्टमा ठूलो कदम चालेको छ। यस ब्राण्डअन्तर्गत, कम्पनीले प्यासेञ्जर र कार्गो वर्गहरूमा ई-अटोहरूको पूर्ण श्रृंखला शुरु गर्ने घोषणा गरेको छ। बजाज गोगो हाल बजारमा तीन भेरियण्टहरूमा उपलब्ध छ। यी भेरियण्टहरू P5009 (पी५००९), P5012 (पी५०१२) र P7012 (पी७०१२) हो। कम्पनीले यी भेरियण्टहरूको नाम विशेष तरिकाले राखेको छ, जहाँ ‘P’ ले प्यासेञ्जर भेरियन्टलाई जनाउँछ, पहिलो दुई अंक (५० र ७०)-ले अटोको आकार र अन्तिम अंक (९kWh, १२kWh)-ले ब्याट्री क्षमतालाई दर्शाउँछ। बजाज गोगो बारे सम्पूर्ण जानकारीः
बजाज गोगोको रेञ्ज र विशेषताहरूः
बजाज गोगो एकपल्ट पूर्ण चार्ज भएपछि २५१ किलोमिटरसम्मको रेञ्ज दिन सक्षम छ। यो सेगमेण्टमा पहिलो टू-स्पीड स्वचालित (अटोमेटेड) ट्रान्समिसनको साथ पनि आउँछ, जसले रेञ्जमा सुधार मात्र नगरेर उत्कृष्ट ग्रेडबिलिटी पनि प्रदान गर्दछ।
कम्पनीले यसमा धेरै उन्नत सुरक्षा र प्रविधि सुविधाहरू पनि राखेको छ। यसमा अटो ह्याजार्ड र एण्टी-रोल डिटेक्शन, शक्तिशाली एलईडी हेडलाइट र हिल होल्ड असिस्ट जस्ता फीटर्स सामेल छन्, जसले यसलाई अन्य इलेक्ट्रिक अटोहरू भन्दा अलग बनाउँछ।
बजाज अटोको आधिकारिक बयानः
बजाज अटो लिमिटेडको इण्ट्रा-सिटी बिजनेस यूनिटका अध्यक्ष समरदीप सुबन्धले भने, “बजाज गोगोले इलेक्ट्रिक थ्री-ह्वीलर सेग्मेण्टमा नयाँ बेञ्चमार्क स्थापित गर्नेछ। २५१ किलोमिटरको प्रभावशाली रेञ्ज, अत्याधुनिक फीचर्स र बजाजको भरपर्दो सर्विस नेटवर्कको साथ यो ती ग्राहकहरूको लागि उत्कृष्ट विकल्प हो जो धेरै कमाई गर्न र कम्ती मेण्टेनेन्स चाहन्छन्। ७५ वर्षको अनुभव र थ्री-व्हीलर तक्निकमा विशेषताको साथ बजाज बजाज गोगो यात्री र मालिक दुवैका लागि एक उत्कृष्ट विकल्पको रूपमा अघि आउनेछ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement