उत्तर जिल्लामम आमा योजनामाथि अभिमुखी कार्यक्रम सम्पन्न

IMG-20220907-WA0169.jpg

गान्तोक: सिक्किम आमा सशक्तिकरण योजनामाथि अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो। महिला र बाल विकास विभागले आज उत्तर सिक्किमको पेन्टोक जिल्ला अधिकारी कार्यालयमा आयोजन गरेको कार्यक्रममा यसबारे जानकारी गराइयो। जसमा जिल्ला र क्षेत्रीय कार्यकर्ताहरूका लागि सिक्किम आम सशक्तिकरण योजनाबारे अभिमुखीकरण गराइएको थियो। जिल्लापाल डा. एबी कार्कीको अध्यक्षतामा भएको बैठकमा अतिरिक्त जिल्ला अधिकारी, चुङथाङ महकुमा अधिकारी, विभिन्न ग्राम विकास अधिकारीहरु र पञ्चायतको उपस्थिति रहेको थियो। सुरुमा विभागीय उपसचिव खेमराज भट्टराईले योडजनाको बारेमा प्रस्तुति दिए, जहाँ उनले योजनाको बारेमा विस्तृत जानकारी दिए। भट्टराईले योग्यता मापदण्ड, लाभार्थी छनोट र आवेदन प्रक्रियाको पनि जानकारी गराए। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल डा एबी कार्कीले राज्य सरकारको यस योजनाको स्वागत र प्रशंसा गरे। त्यसपछि उनले लाइन अफिसर र क्षेत्रीय कार्यकर्ताहरूलाई योजनालाई सावधानीपूर्वक चलाउन आग्रह गरे। अभिमुखीकरणमा अन्तरक्रियात्मक सत्र पनि थियो। जहाँ लाइन विभागका अधिकारीहरूले केही योजनाबारे आफ्नो विचार राखे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement