महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन रिहा

IMG-20250307-WA0234

नयाँ दिल्ली: दक्षिण कोरियाको एक अदालतले महाभियोग लागेका राष्ट्रपति युन सुक योलको गिरफ्तारी शुक्रबार रद्द गर्दै उहाँको रिहाइका लागि अनुमति दिएको छ।
निलम्बित राष्ट्रपतिका वकिलहरूले गत महिना उहाँको गिरफ्तारी रद्द गर्न अनुरोध दायर गरेका थिए र उहाँको हिरासत गैरकानुनी भएको तर्क गरेका थिए। अभियोजन पक्षले उहाँलाई अभियोग लगाउन धेरै लामो समय पर्खेको थियो।
सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टको एउटा कागजातमा भनिएको छ, “प्रतिवादीको हिरासत अवधि सकिएपछि अभियोग लगाइएको हो भन्ने निष्कर्षमा पुग्नु तर्कसङ्गत छ।”
“प्रक्रियागत स्पष्टता सुनिश्चित गर्न र अनुसन्धान प्रक्रियाको वैधताको बारेमा कुनै पनि शङ्का हटाउन हिरासत रद्द गर्ने निर्णय जारी गर्नु उपयुक्त ठानिएको छ, ” अदालतले भनेको छ।
पूर्व अभियोजक युनले डिसेम्बरमा केही समयका लागि नागरिक शासन निलम्बन गर्दै संसदमा सैनिक पठाएपछि दक्षिण कोरियाको रजनीतिमा उथलपुथल आएको थियो।
महाभियोग लगाउनुभन्दा केही घण्टाअघि नै सांसदहरूले मतदान गरेर सैनिक शासनको घोषणा गरेको भन्दै उहाँविरूद्ध ‘राज्य विद्रोह’को आरोपको प्रस्ताव दर्ता गरेका थिए।
सियोलस्थित आफ्नो सरकारी निवासमा सुरक्षा टोली र अनुसन्धानकर्ताबीच तनावपूर्ण झडप हुँदा ६४ वर्षीय युनले दुई हप्तासम्म गिरफ्तारीको विरोध गरे पनि अन्ततः जनवरी १५ मा उहाँलाई हिरासतमा लिइएको थियो।
उहाँले संवैधानिक अदालतमा महाभियोगको मुद्दाको पनि सामना गरिरहनुभएको छ। यसले उहाँलाई पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय गर्नेछ। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement