गान्तोक: राज्यका नागरिकहरूका निम्ति सस्तो मूल्यमा गुणस्तरीय दबाई उपलव्ध गराउनका साथै स्वास्थ्य सुविधा उपलव्ध गराउने महत्वमाथि जोड़ दिँदै गेजिङ जिल्ला अस्पतालले जन औषधि दिवस पालन गऱ्यो। यस कार्यक्रमको उद्देश्य जेनेरिक औषधिहरू र प्रधानमन्त्री भारतीय जनऔषधि परियोजना योजनाबारेमा आम मानिसहरूलाई जागरूक गराउनु रहेको थियो। यस अवसरमा सोरेङ जिल्ला अस्पतालका सीएमओ डा. नाम्गे भोटियाले जनऔषधि दिवसको उद्देश्य नागरिकहरू र विपन्नहरूका लागि सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु गरेको बताए। यसरी नै गेजिङ जिल्ला अस्पतालमा सीएमओ डा.विकास प्रधानले जनऔषधि केन्द्रले ब्रान्डेड औषधिहरू भन्दा कम मूल्यमा जेनेरिक औषधिहरू प्रदान गर्दै आइरहेको बताए। यस कार्यक्रममा जिल्ला पञ्चायत सदस्य सागर शर्मा, गेजिङ नगर पञ्चायत अध्यक्ष देवेन्द्र प्रसाद शर्मा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। सोही प्रकारले मंगन जिल्लाको जिल्ला अस्पतालमा पनि जन औषधि दिवस पालन गरियो। यस अवसरमा मुख्य अतिथिकोरूपमा मंगन नगर पञ्चायतकी अध्यक्ष नोर्कित लेप्चा रहेकी थिइन्। साथै सीएमओ, डीएमएस लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यस कार्यक्रमको उद्देश्य जनतालाई सस्तो मूल्यमा गुणस्तरीय औषधि प्रदान रहेको बताए। कार्यक्रममा पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा प्रशान्त छेत्रीले कार्यक्रमबारे बताए। जन औषधि दिवस पालनबारे बोल्दै गुणस्तरीय र कम मूल्यमा जेनेरिक औषधिहरू प्रदान गरेर जनस्वास्थ्यमा लाभ पुऱ्याउने काम भएको बताए। यस अवसरमा सीएमओ. डीएमएस र डीआरसीएचओ लगायत अधिकारीहरू उपस्थित थिए।