गेजिङ: उत्तरेको लिङ्गे कुनाबार निवासी कमल राईले पालेको २०० केजीभन्दा धेर रेन्बो ट्राउड माछा मरेपछि ठूलो नोक्सानी भएको छ। पीडित कुनाबार वार्डका सभापति हुन भने माछापालन गरेर आफ्नो व्यवसाय चलाउँदै आएका थिए। १६ महिना उमेर पुगेका ११० भन्दा बडी माछाहरु मरेको छ। गए रातिको समयमा टेङ्की मूल बाटोमा भएकाले अपरिचित व्याक्तिहरुले टेङ्कीमा लगाएको पानीको पाइप लाइन चुँडाइदिएकाले माछाहरु मरेको चाल पाएको छ।

बिहानको समयमा माछापालक राईले टेङ्कीमा पानी सुकेर माछा मरेको थाहा पाउँदा पानीको पाइपलाइन चुँडाइदिएको थाहा लागेको बताएका छन्। यसरी कसैको आयस्रोतमाथि बदमासी गर्नु कुनै मानसिकता नरहेर यो बदमासीपनले समाजमा ठूलो प्रभाव पर्ने छ। आज पीडित राईको दुई कुइन्टल भन्दा बडी माछा मर्दा कति नोक्सानी भएको छ आज पीडित राईले सम्बन्धित बिभाग र स्थानीय वार्ड पंञ्चायतहरुलाई इन्क्वारी गराउँदा र जाँच बुझ गर्दा माछा ट्याङकीमा ल्याएको पाईप लाइन मूल बाटोमा भएकाले राती यहीँ बाटो भएर हिड्ने बटुवाहरुले पाइप लाइन चुँडाएको भनाइ छ। यही कारण माछा मरेको हो भन्ने उनको भनाई छ।