चौरी पालकहरूलाई गुणस्तरीय दाना हस्तान्तरण

IMG-20250307-WA0316

गान्तोक: गेजिङ जिल्ला पशुपालन एवं पशु चिकित्सा सेवा विभागले राष्ट्रीय गोकुल मिशन, सुँगुर उत्पादान प्रोत्साहन योजनाअन्तर्गत चौरी पालकहरूलाई गुणस्तरको दाना वितरण गरियो। यस कार्यक्रममा गेजिङ जिल्लाका जिल्लापाल तेञ्जिङ डी. लाचुङपा मुख्य अतिथिकोरूपमा उपस्थित थिए। एक दिवसीय कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल डेञ्जोङपाले राष्ट्रिय गोकुल मिशन योजनामार्फत परम्परागत चौंरीपालनलाई संरक्षण गर्ने कुरामा जोड दिए। उनले यस योजनाको सफल कार्यान्वयनको लागि आयोजक विभागलाई बधाई दिँदै लाभार्थीहरूलाई पशुधनको कल्याणको लागि प्रदान गरिएका स्रोतहरूको अधिकतम लाभ उठाउने प्रोत्साहित गरे। सो क्रममा पशुपालन एवं पशुधन चिकित्सा विभागका प्रमुख निर्देशक डा. आनन्द थापाले राष्ट्रीय गोकुल मिशनअन्तर्गत एकीकृत व्यवस्थापन योजनाको महत्त्वमाथि प्रकाश पारे। यसले दिगो पशुपालन अभ्यासहरूलाई विकास गर्ने बताए। यस क्रममा विभागका अतिरिक्त निर्देशक डा. एमएन सिञ्चुरीले गेजिङ जिल्लाले चौँरी पालकहरूलाई दाना प्रदान गर्ने उल्लेख गरे। उनले विशेष गरी उच्च क्षेत्रहरूमा पालिने पशुहरूको संरक्षण गर्ने उद्देश्यले यस प्रकारको योजना शुरू गरिएको बताए। उनले राष्ट्रिय गोकुल मिशनअन्तर्गत पशुपालन र पशु चिकित्सा सेवा विभागले शुरू गरेका विभिन्न पहलहरूबारेमा जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement