गान्तोक: अखिल सिक्किम खस छेत्री-बाहुन कल्याण संघको कार्यकारी समितिका प्रतिनिधिहरूले आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनकै सरकारी आवास मिन्तोकगाङमा भेट गरे। अध्यक्ष नारायण खतिवड़ाको अगुवाईमा रहेको प्रतिनिधि टोलीमा महासचिव दिवाकर बस्नेत, सचिव रेणुका बस्नेत लगायत छवटै जिल्लाका अध्यक्ष लगायत अन्य सामेल थिए। मुख्यमन्त्री तामाङसँगको भेट अवधि प्रासंगिक विषयहरूमा छलफल भयो। प्रतिनिधिहरूले जातीय हितका कुराहरू मुख्यमन्त्रीसमक्ष राखे। मुख्यमन्त्री तामाङले संगठनका प्रतिनिधिहरूद्वारा राखिएका सबै विषयबारे ध्यानपूर्वक सुनेपछि संगठनको विकास अनि समृद्धिको निम्ति सरकारको पक्षबाट सम्भवत सबै सहयोग दिने वचन दिएका छन्। संगठनको पक्षमा आफूहरूद्वारा राखिएका सबै कुरालाई सकारात्मक लिँदै मुख्यमन्त्री तामाङले यसरी आवश्यक सहयोगको वचन दिएकोमा संगठनका प्रतिनिधिहरूले मुख्यमन्त्री तामाङप्रति कृतज्ञता व्यक्त गरेका छन्।