सोनादामा ट्राफिक सुरक्षालाई लिएर सचेतना कार्यक्रम सम्पन्न

IMG-20250307-WA0305

सोनादा: सोनादा ट्राफिक पुलिसको आयोजनामा सेभ ड्राइभ सेफ लाइभ विषयमा सचेतना कार्यक्रम सोनादामा सम्पन्न भएको छ। यस अवसरमा ट्राफिक नियम पालन नगरेको खण्डमा बाइक – स्कुटी दुर्घटना हुन्छ भन्ने विषयमा सचेतनाको लागि नाटकीय रूपान्तर गरेर पनि देखाइएको छ। यसको साथै राष्ट्रिय राजमार्गमा गाडी कुदाउँदा चालकहरुले विशेष ध्यान दिनु पर्ने विषयमा सचेतना गराउनु पर्ने बताइएको छ। यसको साथै गाडी कुदाउँदा चालकहरुले अनिवार्य रुपमा सिट बेल्ट लगाउनु पर्ने, मदपान नगरी गाडी कुदाउनु पर्ने विषयमा सचेतना गराइएको छ। यसको साथै बाइक र स्कुटी चलाउँदा हेल्मेट अनिवार्य रुपमा लगाउनु पर्ने विषयमा पनि सचेतना गराइएको छ। यस विषयमा सोनादा ट्राफिक पुलिस ओसी सबीन दर्नालले चालकहरुलाई सचेतना गराउँदै भने, चालकहरु पुलिसलाई देखेर मात्र बा पुलिसको छेउमा मात्र सिट बेल्ट लगाउने साथै बाइक र स्कुटी कुदाउनेहरुले पनि पुलिसको नजिकमा मात्र हेल्मेट लगाउने गर्छ। पुलिसको छेउमा‌ मात्र‌ सुरक्षित हुनु खोज्छ तर यसरी आफुलाई नै ठगेको बताएका छन्। उल्लेखनीय छ सोनादा ट्राफिक पुलिस सबिन दर्नालको अगुवाईमा प्रत्येक महिना सोनादा क्षेत्रको विभिन्न स्कूल कलेजहरुमा पनि ट्राफिक नियम विषयमा सचेतना कार्यक्रम आयोजना गरिन्दै आएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement