सिपाहीधुरामा सार्वजनिक भवन निर्माणको‌ लागि विभागीय नापजोखको कार्य सम्पन्न

IMG-20250307-WA0299

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको सिपाहीधुरामा तीनवटा सार्वजनिक भवनको निर्माणको लागि खरसाङ अभियान्ता विभागबाट आज नापजोख गरिएको छ। प्राप्त जानकारी अनुसार सिपाहीधुरा क्षेत्रको विभिन्न समस्याहरुलाई लिएर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा समक्ष पुगेका थिए। सिपाहीधुराका प्रतिनिधिहरुले यहाँको‌ विभिन्न समस्याहरू समाधानको लागि जीटीए प्रमुख अनित थापा समक्ष अनुरोध गरेका थिए। सिपाहीधुरा क्षेत्रको विभिन्न समस्याहरुलाई समाधानको लागि सम्बन्धित विभागलाई निर्देशन दिए‌ अनुसार आज खरसाङ अभियन्ता विभागबास सिपाहीधुरामा सार्वजनिक भवन निर्माणको‌ लागि सर्वेक्षण गरिएको छ।‌ सिपाहीधुराको विभिन्न समस्याहरुमध्ये सार्वजनिक भवनको समस्या समाधानका लागि पहल गरिएको छ।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहनकुमार प्रधानले सिपाहीधुरा क्षेत्रको विभिन्न समस्याहरुलाई समाधानको ‌लागि जीटीए प्रमुख कार्यपाल अनित थापा समक्ष राख्दा सबै समाधानको लागि पहल गर्ने र यसै क्रममा आज उनको निर्देशनमा नै सिपाहीधुरा क्षेत्रको लागि रहेको सार्वजनिक भवनको समस्या समाधानका लागि खरसाङ अभियन्ता विभागबाट नापजोख गरिने कार्यक्रम सम्पन्न भएको बताएका छन्। उनले बताए अनुसार अन्य समस्याहरु पनि समाधान गरिने कुरामा आशावादी रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement