महानदी ग्राम पञ्चायतको आयोजनामा अन्तर्राष्ट्रीय नारी दिवससितै स्वच्छतालाई लिएर सचेतना रैली सम्पन्न

IMG-20250307-WA0292

खरसाङ: अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा तीन दिने कार्यक्रम विभिन्न ग्राम पञ्चायतहरुमा आयोजना भईरहेको छ। यसै आज खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतमा पनि अन्तर्राष्ट्रिय नारी दिवससितै स्वच्छतालाई सचेतना कार्यक्रम पनि आयोजना गरिएको छ। सरकारी निर्देशन अनुसार ६, ७ र ८ मार्चमा तीन दिवसीय अन्तर्राष्ट्रिय नारी दिवस पालन गरिन्दैछ। ुसै क्रममा आज महानदी ग्राम पञ्चायतमा‌ अन्तर्राष्ट्रिय नारी दिवससितै स्वच्छतालाई लिएर सचेतना रैलीको आयोजना पनि गरिएको छ।

उक्त रैली महानदी ग्राम पञ्चायत परिवारदेखि शुरु भएर तिरसठ लाइन हुँदै महानदी बजार भएर महानदीको चौकी डाँडासम्म पुराई पुन: पञ्चायत कार्यालयमा आएर समापन गरिएको छ‌। पञ्चायत कार्यालयमा पुगेर सचेतना सम्बोधन पनि गरिएको थियो। उक्त सचेतना रैलीमा स्थानीयहरुलाई सर सफाई र मैलाहरु सठीक ठाउँमा फ्याक्नु पर्ने विषयमा सचेतना गराइएको छ। यसको साथै महानदी क्षेत्रमा रहेका घरहरुमा साथै दोकानतिर डस्टबीनहरु पनि वितरण गरिएको छ।‌ अब आगामी दिनमा अझैं कार्यक्रम आयोजना गरेर महानदी ग्राम पञ्चायतको विभिन्न संसदहरुमा डस्टबीन वितरण गरिने जानकारी प्राप्त भएको छ।

उक्त सचेतना रैलीमा महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा, सचिव पेन्चेन लहमु शेर्पा लगायत विभिन्न स्वनिर्भर दलहरुका सदस्याहरु, आँगनवाडी, आशाकर्मी साथै भीभीडी र भीएसडीहरु उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement