खरसाङमा अन्तराष्ट्रिय नारी दिवससितै सचेतना रैली र सम्बर्ध्दना कार्यक्रम सम्पन्न

IMG-20250307-WA0284

खरसाङ: खरसाङ खण्डको आयोजनामा आज अन्तर्राष्ट्रिय नारी दिवससितै स्वनिर्भर दलहरुलाई आनन्दधारा योजना अन्तर्गत ऋण प्रदान गरिएको छ। उक्त कार्यक्रम खरसाङ खण्ड विकास अधिकारी, खरसाङ महकुमा शासक कार्यालय र जीटीएको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको शुरुमा सचेतना रैलीको आयोजना गरिएको थियो। उक्त रैली खरसाङ महकुमा शासक कार्यालयदेखि शुरु भएर कार्यक्रम स्थल फाँटक डाँडासम्म आयोजना गरिएको थियो। कार्यक्रममा खरसाङ खण्ड अन्तर्गत पर्ने स्वनिर्भर दलहरुलाई आनन्दधारा योजनामार्फत् ऋणहरु जीटीएको डीआरडीसीको कार्यकारी निर्देशक सुमिधा प्रधान र अन्य विशिष्ट अतिथिहरुको बाहुलीबाट प्रदान गरिएको छ। यस कार्यक्रममा खरसाङ महकुमा शासक आईएएस बिन्दाबासिनी तेजा दिपक, खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, सभासदहरु कल्पना प्रधान, श्याम शेर्पा, नवराज छेत्री लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रममा स्वागत सम्भाषण खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्तीले‌ राखेका थिए भने जीटीएको कार्यकारी सभासद कल्पना प्रधानले वक्तव्य राखेका थिए। कार्यक्रमपछि पत्रकारहरुलाई सम्बोधन गर्दै खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्तीले आज खरसाङ खण्ड विकास कार्यालयको आयोजनामा अन्तर्राष्ट्रीय नारी दिवससितै सचेतना रैलीको आयोजना गरिएको जानकारी गराएका छन्।

उनले यस अवसरमा खरसाङको फाँटकडाँडामा कार्यक्रम आयोजना गरिएको जसमा खरसाङ खण्ड अन्तर्गत पर्ने स्वनिर्भर दलहरुलाई आनन्दधारा योजनामार्फत् ऋणहरु प्रदान गरिएको साथै यस अवसरमा खरसाङदेखि सिलगढीसम्म कुदाउने गाडीको महिला चालक र कन्याश्री प्रकल्प योजना अन्तर्गत कन्याहरुलाई पनि सम्बर्ध्दना जनाइएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement