राष्ट्रपति भवनदेखि इण्डिया गेटसम्मको राजपथको नाम परिवर्तन गरी ‘कर्तव्यपथ’ बनाइएको छ

IMG_20220907_223455.jpg

नयाँ दिल्ली: केन्द्रिय आवास एवं शहरी मामिलाहरूको मन्त्रालयको तर्फबाट राजपथको नाम परिवर्तन गरिने प्रस्ताव प्राप्त भएको थियो। यस प्रस्तावलाई आज बिहान एनडीएमसी परिषदको बैठकमा पारित पनि गरियो।नयाँ दिल्लीको जय सिंह मार्ग स्थित एनडीएमसी मुख्यालयमा भएको बैठकमा मीनाक्षी लेखी, सतीश उपाध्याय, कुलजीत चहल समेत लगभग सबै सदस्यहरू बैठकमा सामेल भए। यस बैठकमा राजपथको नाम बदली गर्ने प्रस्तावमाथि चर्चा भयो औं फेरि प्रस्ताव सर्वसम्मतिले पारित गरियो।यस राजपथको इतिहासको संक्षिप्त रुप यसप्रकार छ।

एनडीएमसीका पूर्व अधिकारी एवं लुटियन्स दिल्लीमाथि धेरै पुस्तकहरू लेखिसकेका मदन थपलियाल भन्छन्, रायसीना हिल्समा स्थित राष्ट्रपति भवनदेखि लिएर इण्डिया गेटसम्म जाने तीन किमी लामो सड़क बुधवार बिहानसम्म राजपथको नामले चिनिनेगर्थ्यो। १९५५ सालअघि यो सड़क किंग्सवेको नामले चिनिन्थ्यो। जहाँ केवल राजाहरूलाईमात्र हिडने अनुमति हुनेगर्थ्यो।ब्रिटिश कालमा ब्रिटिश शासकहरूका अहम अधिकारीहरू नै यो मार्ग भएर जानेगर्थे। अंग्रेजहरूले किङ जर्ज पंचमको सम्मानमा राजपथको नाम किंग्सवे राखेका थिए। जो साल १९११ मा दिल्ली दरबारमा हिस्सा लिनका निम्ति आएका थिए। भनिन्छ, यही समय दिल्लीलाई भारतको राजधानी बनाइएको थियो औं यसअघि भारतको राजधानी कोलकाता हुनेगर्थ्यो। यस समय यस किंग्सवेको अर्थ राजाको बाटो थियो।
वर्ष १९४७ मा जब भारतलाई अंग्रेजहरूबाट स्वतन्त्रता मिल्यो तब भारतमा धेरै सुधार कार्यहरु भयो। अंग्रेजहरूको गुणगान गर्ने स्थानहरूको नाम बदली गरियो औं धेरै ठाउँहरूलाई सर्वसाधारणको निम्ति खोलियो। यसमा राजपथ पनि सामेल थियो। भारत १९४७ मा आजाद भयो र जवाहर लाल नेहरू देशका प्रधानमन्त्री बने। उनले साल १९५५ मा यस किंग्सवेको नाम बदली गर्ने फसेला गरे औं यसको नाम राजपथ गरियो। यसको नाम राज अर्थात् लोकतन्त्रसित जोड़ेर राखियो। ज्ञात होस्, यसको छेवैमा एउटा सड़क छ, जसको नाम जनपथ हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement