काठमाण्डौँ: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर अर्जुनकुमार कार्कीलाई कार्यकारी निर्देशक बनाउने तयारी गरिएको छ।
कार्की यसअघि प्राधिकरणकै कार्यकारी निर्देशक हुँदा ट्रान्सफर्मर घोटाला, शहरी विकास सचिव छँदा त्रिपाल र जस्तापाता घोटाला, यातायात सचिव हुँदा इम्बोस्ड नम्बर प्लेटको ठेक्कामा घोटाला, नेपाल ट्रष्टको सचिव छँदा ट्रष्टको जग्गा कौडीको भाउमा भाडामा दिएको आरोपमा मुछिएका व्यक्ति हुन्।