मुख्यमन्त्री तामाङ इन्डिया टुडे कन्क्लेभ २०२५ मा सहभागी हुने

IMG-20250213-WA0399

गान्तोक: भारतको विकासमा पूर्वोत्तर क्षेत्रको बढ्दो भूमिकामाथि हुने छलफल कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिँह तामाङ सहभागी हुनेछन्। मुख्यमन्त्री तामाङले छलफलमा केन्द्रीय मन्त्री किरण रिजिजुका साथ इन्डिया टुडे कन्क्लेभ २०२५ को मञ्च साझा गर्नेछन्। पूर्वोत्तरमा सूर्य उदाउँछ शीर्षकमा हुने उक्त सत्रले यस क्षेत्रको बढ्दो प्रभाव र राष्ट्रको भविष्यलाई आकार दिने सम्भावनालाई प्रकाश पार्ने आशा गरिएको छ। उल्लेख्य, मुख्यमन्त्री प्रेमसिंह तामाङ इण्डिया टुडेको मूड अफ नेशन पोलमा उत्कृष्ट ६२.१ प्रतिशत मतका साथ गृह राज्यको सबैभन्दा लोकप्रिय मुख्यमन्त्रीको रूपमा शीर्ष स्थानमा चयनित भएका थिए। उनको दुरदर्शी नेतृत्व र जन-केन्द्रित शासनको मूल्याङ्कन गर्दै शीर्ष स्थानमा आएका हुन्। मुख्यमन्त्रीले उक्त सत्रमा सिक्किम राज्यका महत्त्वपूर्ण मुद्दाहरूमाथि दृष्टिकोण प्रस्तुत गर्नेछन्। सिक्किमको प्रतिनिधित्व गर्दै राष्ट्रिय मञ्चमा मुख्यमन्त्रीले आफ्नो दृष्टिकोण राख्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement