गान्तोक दुरदर्शन केन्द्रमा एकीकृत सामुदायिक आउटरिच कार्यक्रम

IMG-20250306-WA0281

गान्तोक: भारत सरकारको सेन्ट्रल ब्युरो अफ् कम्युनिकेशनले पत्र सूचना कार्यालय गान्तोकसँगको सहकार्यमा आज विकसित भारत २०४७ माथि ‘एक पेड माँ के नाम’, ‘फिट इण्डिया’ र ‘स्वच्छता ही सेवा’ विषयमा एकीकृत सामुदायिक आउटरिच कार्यक्रम आयोजना गरियो। कार्यक्रम गान्तोकको दुरदर्शन केन्द्रमा आयोजना गरिएको थियो। कार्यक्रममा सिक्किम हिमालयन क्षेत्रीय केन्द्रको वनस्पति सर्वेक्षण विभागका प्रमुख राजीब गोगोई मुख्य अतिथि रहेका थिए। आकाशवाणी तथा दुरदर्शन गान्तोकका उपनिर्देशक तथा क्लस्टर प्रमुख नीरज के पाण्डेले स्वागत सम्बोधनमा युवा पुस्तालाई रूख रोप्ने, वायु प्रदूषण कम गर्ने र सबैभन्दा पहिला स्वस्थ जीवनशैली अप्नाउन आह्वान गरे। पाण्डेले धेरै सार्वजनिक सवारी साधनको प्रयोग गर्ने र आफ्नो वरिपरि सफाइ राख्नका लागि प्रयास गर्ने प्रेरित गरे। स्वच्छता घरबाट शुरु हुने उल्लेख गर्दै पाण्डेले बाल्यकालदेखि नै बालक-बालिकाहरूलाई सरल र स्वस्थ जीवनशैली अप्नाउने प्रोत्साहित गरे। डा. राजीब गोगोईले यस प्रकारको जागरूकता कार्यक्रम आयोजनको लागि कृतज्ञता व्यक्त गरे। गोगोईले भने, “सिक्किमका नागरिकहरू हरियाली, स्वच्छता र अनुशासनको सन्दर्भमा अग्रणी बनेको छ।” गोगोईले प्रधानमन्त्रीको ‘एक पेड माँ के नाम’ पहलको प्रशंसा गर्दै स्वच्छता आफ्नो घरबाट शुरु गर्नुपर्ने पनि बताए। यदि प्रत्येक नागरिकले एउटा रूख रोप्ने वाचा गर्छ र आफ्नो पर्यावरणलाई सफा राख्ने कसम खान्छ भने एक राष्ट्रको रूपमा भारत निश्चित रूपमा ‘विकसित भारत’ मा परिणत हुनेछ, उनले भने। गोगोईले भारत हरेक पक्षमा अन्तर्राष्ट्रिय स्तरमा चम्किरहेको छ यद्यपि पर्यावरणको सन्दर्भमा अब साँच्चै कडा परिश्रम गर्न आवश्यक रहेको बताए। गत वर्ष सिक्किममा भएको भीषण बाढ़ले पर्यावरणको महत्त्व र यसको संरक्षणमा शिक्षा दिएको उल्लेख गरे। गोगोईले भने, धेरै कार्बन-डाइअक्साइड उत्सर्जन गर्ने, अनावश्यक ई-फोहोर पैदा गर्ने, पानी खेर फाल्ने आदिबाट सचेत रूपमा टाढा रहनुपर्ने सुझाउ पनि दिए। प्रधानमन्त्रीले वैश्विक स्तरमा भारतको मुख्य जीवनशैली प्रकृति उन्मुख छ भन्ने कुरामा जोड दिएका छन्। बाँच्नको लागि चाहिने सबै कुरा प्रकृति मातामा उपलब्ध छ, तर अनावश्यक रूपमा रूखहरू काटिरहेका र प्रकृतिलाई नष्ट गरिरहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement