सोरेङ: सोरेङ महकुमा अधिकारी साक्छुम लेप्चाको अध्यक्षतामा जिल्लास्तरीय परामर्श समिति र जिल्लास्तरीय समीक्षा समितिको बैठक सम्पन्न भयो। सोरेङ जिल्लाकको रूरवन कम्पलेक्स भवनमा सम्पन्न भएको सभामा रिजर्भ ब्यांक अफ् इन्डियाका अधिकारीहरु र जिल्ला प्रशासन अधिकारीहरुको उपस्थिति थियो। बैठकमा महकुमा अधिकारीले वित्तीय साक्षरता शिविरको समयमा जनशक्तिको महत्त्वमाथि प्रकाश पारिन्। उनले राज्यमा सञ्चालित व्याङकहरूमा जनशक्तिको अभाव भएमा जिल्ला प्रशासन केन्द्रमा सम्पर्क गर्न आग्रह गर्दै एफएलसीको सहज सञ्चालन सुनिश्चित गर्न प्रशासनले आवश्यकता अनुसार थप स्रोतहरू परिचालन गर्ने आश्वासन दिइन्। यसका साथै उनले विभिन्न योजना र क्षेत्रहरूमा प्रत्येक ब्यांकले लक्ष्यहरू प्राप्त गर्न आवश्यकतामाथि जोड दिइन्। उनले वित्तीय समावेशीकरण प्रयासहरूमा सक्रिय सहभागिता हुने बताइन्। प्रमुख वित्तीय एजेन्डाहरूबारे छलफल गर्न आजको बैठक आयोजना गरिएको जानकारी गराउँदै ऋण वितरण र वित्तीय समावेशीकरणमाथि पनि उल्लेख गरिन्। बैठकमा क्रेडिट योजना, कृषि गतिविधिहरू, एमएसएमई क्षेत्र र अन्य क्षेत्रहरूबारे पनि समीक्षा भएको थियो।