सड़क निर्माणबाट प्रभावितहरुको पुनर्वासलाई लिएर जन सुनुवाइ

IMG-20250306-WA0279

पाकिम: पाकिम जिल्लाका जिल्लापाल रोहन अगवानेको अध्यक्षतामा आज भूमि अधिग्रहण, पुनर्स्थापना र पुनर्वास ऐन २०१३ अन्तर्गत क्षतिपूर्तिको अधिकारमाथि सार्वजनिक सुनुवाइ सम्पन्न भयो। पाकिम जिल्लाअन्तर्गत रंगेली फदम्चेनमा सीमा सडक संगठनद्वारा निर्माणाधीन सडकबाट प्रभावित जमिन मालिक र भाडामा बस्नेहरूलाई पुनर्वासबारेमा जानकारी गराउन सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल अगवानेले सीमावर्ती क्षेत्रहरूमा सडक विस्तारको लागि परियोजना महत्त्वपूर्ण रहेको जानकारी दिए। उनले उक्त क्षेत्रमा उचित जल निकास प्रणाली र पानीको मुहानमाथि चिन्ता व्यक्त गर्दै यसलाई तत्कालै समाधान गर्ने निर्देश दिए। यसका साथै उनले सडक निर्माणमा पानीका स्रोतहरू संरक्षण गर्ने सुझाउ दिँदै यसको प्रत्यक्ष प्रभाव उक्त क्षेत्रमा बसोबासो गर्ने मानिसहरूलाई पर्नसक्ने विचार राखे। अतिरिक्त जिल्लापाल साङ्गे ग्याछो भोटियाले सर्वेक्षण प्रतिवेदनको आधारमा प्रभावितहरुलाई पुनर्वास प्याकेजको प्रबन्ध गरिने उल्लेख गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement