गान्तोक: आगामी ८ मार्चको दिन सरम्सा गार्डनमा हुने राज्यस्तरीय अन्तराष्ट्रिय महिला दिवस समारोहको तयारीलाई लिएर आज पदाधिकारीहरूले जायजा लिए। यस अवसरमा सिक्किम विधानसभा उपाध्याक्ष राजकुमारी थापा, मुख्यमन्त्रीका राजनैतिक सचिव विकास बस्नेत, मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङ, उपमेयर छिरिङ पाल्देन भोटिया, पाक्योङ जिल्लाकी जिल्ला पञ्चायत अध्यक्षा लाडेन ल्हमु भोटिया, उपाध्याक्ष प्रभा प्रधान, एसेकएम कानुनी प्रकोष्ठकी प्रभारी पुजा लामिछाने, सिक्किम राज्य ओबीसी बोर्डकी अध्यक्ष पवित्र भण्डारी, राज्य महिला आयोगकी अध्यक्ष टेनी डोमा भोटिया गान्तोक जिल्ला अध्यक्षा छुङछुङ भोटिया, एसकेएम नारी शक्ति अध्यक्ष बीणा राई आदिको उपस्थिति थियो। टोलीले तयारी कार्यको निरीक्षण गर्दै आवश्यक सुझाव दिएका थिए। उल्लेख्य, आगामी ८ मार्चको दिन सिक्किम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङको मुख्य आतिथ्यमा राज्य स्तरीय अन्तराष्ट्रिय महिला दिवस समारोह हुनेछ।